१८ मंसिर २०७९, आईतवार

आजदेखि सरकारी कार्यलय साढे ९ देखि साढे ४ बजेसम्म मात्रै लाग्ने

प्रकाशित मिति :  १६ कार्तिक २०७९, बुधबार १४:२७


१६  कात्तिक, काठमाडौं ।  सरकारले आजदेखि सबै सरकारी कार्यलयको समय एक घण्डा घटाएको छ । अब आगामी माघ १५ गतेसम्म विहान साढे ९ बजेदिख अपराह्न साढे ४ बजेसम्म मात्र सरकारी कार्यलयका काम गर्न पाइनेछ ।

यस सम्बन्धि सूचाना यसअघि नै रापत्रमा आएपनि गृह मन्त्रालयले आजबाट लागु भएको जनाएको छ । गत वैशाख २६ गते राजपत्रमा सूचना प्रकासित गदै गृहले कात्तिक १६ गते देखि माघ १५ गतेसम्म एक घण्टा अगाडि नै कार्यालय बन्द हुने जनाएको थियो ।

यसअघि साढे ५ सम्म कार्यालय समय थियो । गृह मन्त्रालयले सोही समय प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपनि पछि विवाद आएका कारण उक्त निर्णय असार २ गते राजपत्रबाट सूचना जारी गरी खारेज गरेको भएको जनाएको थियो ।


390
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा