मनमोहन प्राविधिक विश्वविद्यालयको योजना सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १७, २०७९ बिहिबार २१:४७:२३
१७ कात्तिक, मोरङ । मनमोहन प्राविधिक विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङ बूढीगङ्गाले उत्पादनमुखी एवं आत्मनिर्भरमुखी जनशक्ति उत्पादन गर्न उद्देश्यले शिक्षा प्रणाली विकास गरेको छ ।
विश्वविद्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडन सक्नुपर्ने शिक्षा पद्धतिको महसुस गरी पाँच वर्षे भावि योजना सार्वजनिक गरिएको छ ।
पाँच वर्षे योजनाअन्तर्गत शैक्षिक सत्र २०८०÷८१ बाट स्नातक तहमा ब्याचलर इन आर्किटेक्चर र स्नातकोत्तर तहमा एमएससी इन स्ट्रक्चरल इञ्जिनीयरिङ, शैक्षिक सत्र २०८३÷८७ सम्ममा क्रमशः ब्याचलर इन बायोमेडिकल इञ्जिनीयरिरिङ, वीइ इन मेकानिकल वा अटोमोबाइल इञ्जिनीयरिङ, स्नातकोत्तर तहमा ट्रान्सपोर्टेशन वा टनेल इञ्जिनीयरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इञ्जिनीयरिङ तथा विद्यावारिधितर्फ सिभिल इञ्जिनीयरिङ र इलेक्ट्रिकल इञ्जिनीयरिङ कार्यक्रम सञ्चालन गर्ने लक्ष्यले काम सुरु गरिएको छ ।
विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आगामी दश वर्षमा विश्विद्यालयलाई दक्षिण एशियाको उत्कृष्ट बनाउने उद्देश्यले प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त र अन्तर्राट्रिय विकासक्रमसँग आबद्ध गर्नसक्ने मानव संशोधन विकास गर्ने सोचले कार्य भइरहेको जानकारी दिए ।
विश्वविद्यालयले तीन स्कुल क्रमशः इञ्जिनीयरिङ, एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कुल अफ मेडिसिन एण्ड एलाइट हेल्ज साइन्सेज सञ्चालन हुने उनले जानकारी दिए । प्रदेशको औद्योगिकरणमा सहयोग पु¥याउन यस क्षेत्रका उद्यमीको सुझावअनुसार आवश्यक पर्ने दक्ष जनशक्ति विश्वविद्यालयले उत्पादन गर्ने सहमति भएको उनले बताए ।
विश्वविद्यालयले यस वर्ष इञ्जिनीयरिङतर्फ दोस्रो शैक्षिक सत्रमा सिभिल इञ्जिनीयरिङतर्फ ४८ तथा इलेक्ट्रकल एण्ड इलेक्ट्रोनिक्स इञ्जिनीयरिङतर्फ २४ विद्यार्थी भर्नाका लागि यही कात्तिक ३० गतेसम्मको समय निर्धारण गरिएको जनाइएको छ । विश्वविद्यालयमा विद्यार्थी भर्ना नेपाल सरकारले तोकेको सङ्ख्याअनुसार निर्धारण गरिएको छ ।
उपकुलपति पोखरेलले प्रदेश नं १ सरकारले उपलब्ध गराएको रु २५ लाख नवीनतम अन्वेषण र अनुसन्धानका लागि कार्य सुरु गरेको जानकारी दिए । विश्वविद्यालयले प्रदेश सरकारसँग आगामी दिनमा चिकित्सक उत्पादनका लागि जिल्लामा रहेका एक सय शय्याको अस्पताल उपलब्ध गराउन आग्रहसमेत गरेको उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा स्कुल अफ इञ्जिनीयरिङका डीन डा प्रचण्डमान प्रधानले वायोमेडिकल र इञ्जिनीयरिङलाई जोड्ने शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने बताए । रजिष्टार डा दिनानाथ फुँयालले विश्वविद्यालयमा विश्वस्तरको प्रयोगशाला रहनुका साथै विद्यार्थीलाई ५०÷५० प्रतिशत विधि र प्रयोगात्मक शिक्षा प्रदान गर्ने गरेको बताए ।
विश्वविद्यालयले यही आर्थिक वर्षदेखि स्कुल अफ मेडिसिन एण्ड एलाइट हेल्थ साइन्सेज अन्तर्गत उद्योगी फार्मेसी र विश्व स्वास्थ्य संस्थालाई आवश्यक पर्ने पब्लिक हेल्थ विषयमा अध्यापन सुरु गर्ने जनाएको छ । विश्वविद्यालय विसं २०७६ मा स्थापना भएको हो । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
त्रिविको नियुक्तिलाई लिएर ६६ जना प्राज्ञले भेटे प्रधानमन्त्री
बैशाख ३, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
चितवनमा बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
पोखरामा एसिया कप तथा साउथ एसियन ट्रायथोलन च्याम्पियनसिप हुँदै
बैशाख १३, २०८१ बिहिबार
प्रिमियम लिगका दुइ खेलाडीमाथि बलात्कारको आरोप
बैशाख १३, २०८१ बिहिबार
अमेरिकाले युक्रेनलाई गोप्य रुपमा दिएका लामो दुरीको मिसाइलको प्रयोग
बैशाख १३, २०८१ बिहिबार