१८ मंसिर २०७९, आईतवार

सिटी एक्सप्रेसको “बिदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो ”योजनाको दोस्रो महिनाको १ तोला सुनबिजेताको नाम घोषणा

प्रकाशित मिति :  १९ कार्तिक २०७९, शनिबार १४:४५


१९ कात्तिक, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”योजना अन्तर्गत दोस्रोे महिनाको१ तोला सुनबिजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुनजित्न सफल भएकी छिन् ।

सोही योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्मदोस्रो चरणको अन्य पाँचजनाले साप्ताहिक उपहार १०÷१० तोलाचाँदी जित्न सफल भएका छन् । साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, ईराकबाट सुशिला तामाङसाथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०÷१०तोला चाँदी जित्न सफल भएका छन् ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गतभदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्न लगातार ६३दिन सम्मचल्ने “बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”उपहार योजना घोषणा गरेको थियो । सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १जनालाई १ तोला सुन,हरेक हप्ता १ जनालाई १० तोलाचाँदी साथै ६३दिन लगातार हरेक दिन १६जना विजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्परर अन्त्यमा एक जना भाग्यशालीबम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ ।

कम्पनीका अनुसार यस“बिदेशबाटसिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायोे”अफर भदौ१५गते देखि कार्तिक१५ गते सम्मचलेको हो । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका हुन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको हो । कम्पनीले अब छिट्टै ५ तोला सुन जित्नेबम्पर बिजेताको नाम पनि लक्की ड्र मार्फत घोषणा हुने जान्कारी गराएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउदै बिगत १६वर्ष देखि संसार भरबाट विप्रेषण सेवाप्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा