किन घट्यो सिवाइसी नेपालको नाफा ?

नेपालबहस संवाददाता
कात्तिक २०, २०७९ आइतबार १५:५८:४०

२० कात्तिक, काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आइपुग्दा लघुवित्तले १ करोड ५१ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ४४.७३ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा संस्थाले २ करोड ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यसअवधिमा सञ्चालन नाफा पनि ५.५५ प्रतिशतले घटेर २ करोड ४२ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त नाफा २ करोड ५७ लाख रुपैयाँ रहेको थियो । संस्थाले १ अर्ब ७८ करोड ९१ लाख रुपैयाँ बराबरको सापट लिएर ३ अर्ब ९२ करोड ५४ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ । यस अवधिसम्म संस्थाले १ अर्ब ४७ करोड १४ लाख रुपैयाँको निक्षेप संकलन गरेको छ ।
खुद ब्याज आम्दानी भने ३६.१० प्रतिशत ले बढेर ६ करोड ४ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी बढे पनि राइट ब्याक बापतको रकम शत प्रतिशतले घट्दा नाफा प्रभावित भएको हो । यसले गत वर्ष राइट ब्याक बापत १ करोड ७७ लाख रुपैयाँ छुट्याएको थियो । सिवाईसी नेपालको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार रुपैयाँ छ । जगेडा कोषमा २९ करोड ५९ लाख रुपैयाँ जम्मा रहेको छ ।
असोज मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ७८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३४३ रुपैयाँ ३० पैसा छ । यसको खराब कर्जा अनुपात घटेर २।८७ प्रतिशत कायम भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरी लघुवित्तद्वारा लाभांश घोषणा
कात्तिक २४, २०८० शुक्रबार
सपोर्ट लघुवित्तद्वारा लाभांस घोषणा
कात्तिक २२, २०८० बुधबार
उन्नति सहकार्य लघुवित्तको एफपीओ खुल्यो
कात्तिक २१, २०८० मंगलबार
प्रहरी हवलदारहरूको सरुवा, को-कहाँ ? हेर्नुस सूचीसहित
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार
सामाजिक सञ्जालका ‘ननसेन्स’ प्रतिक्रिया !
विनोद त्रिपाठी
मंसिर १७, २०८० आइतबार
पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार
मोरङ प्रहरीसँग तस्करहरुको रोचक सेटिङ, कुन तस्करले कति बुझाउँछन् ?
मंसिर १८, २०८० सोमबार
उच्च अदालत पाटनले धराैटीमा छाड्न आदेश दिएका चारजनालाई लगियो सम्पत्ति शुद्धीकरण विभाग
मंसिर १८, २०८० सोमबार
स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
मंसिर १८, २०८० सोमबार
नेकपा एसको सचिवालय बैठक आज पनि, महाधिवेशनको मिति तय गरिने
मंसिर १९, २०८० मंगलबार
ऋतिकको 'फाइटर' को 'फस्ट लुक' देखेर फ्यानले भने, ‘यति ह्यान्डसम कसरी ? ’
मंसिर १९, २०८० मंगलबार
आजको विदेशी मुद्राको विनिमय दर, डलर र युरोको भाउ बढ्यो
मंसिर १९, २०८० मंगलबार
गाजा इजरायल युद्धमा ६३ पत्रकार मारिए : सिपिजे
मंसिर १९, २०८० मंगलबार
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
मंसिर १९, २०८० मंगलबार
आगलागी हुँदा बाह्रबिसेमा एक जनाको मृत्यु
मंसिर १९, २०८० मंगलबार