२२ मंसिर २०७९, बिहीबार

अजोड इन्स्योरेन्सले डाक्यो विशेष साधारणसभा

प्रकाशित मिति :  २१ कार्तिक २०७९, सोमबार १७:४४


२१ कात्तिक, काठमाडौं । अजोड इन्स्योरेन्सले विशेष साधारणसभा डाकेको छ । कम्पनीले ९ मंसिरमा सभा बोलाएको हो । सभाले कुनै उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्जर अथवा एक्विजिसनसम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमशः ७०ः३० को अनुपातमा रहेको संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको शेयर स्वामित्व संरचना ५१ः४९ प्रतिशतको अनुपात कायम गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनार्थ इन्स्योरेन्सले २ मंसिरमा एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।


221
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा