१८ मंसिर २०७९, आईतवार

महालक्ष्मी विकास बैंकले गर्याे हिमालयन ह्वाइट र शुभश्री कलेजसँग साझेदारी सम्झौता

प्रकाशित मिति :  २२ कार्तिक २०७९, मंगलवार १४:३७


२२ कात्तिक, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ ।

हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेलले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख बिशाल राज कार्कीले हस्ताक्षर गरेका हुन ।

त्यसैगरी शुभश्री कलेज अफ म्यानेजमेन्टमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक मनिता ओलीले र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात बैंकले कलेजका विद्यार्थीहरुका लागि छात्रवृतिको अवसर, रोजगार मेला, वित्तीय साक्षरता लगायत अन्य कार्यक्रमहरु प्रदान गर्ने छ ।

यस किसिमको सहकार्यबाट कलेजका विद्यार्थीहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा