२५ कात्तिक, काठमाडौं । बर्दिया राष्ट्रिय निुकञ्ज कार्यालयबाट गैंडाको खाग र बाघको दाह्रा गायब भएको छ । कान्तिपुर दैनिकमा शुक्रबार निकुञ्ज कार्यालयबाटै खाग र बाघका २५ दाह्रा गायब शिर्षकमा समाचार प्रकाशित भएको छ । समाचार भनिएको छ, घटना असोज १३ मा भए पनि भित्रभित्रै गुपचुप राखिएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जको वार्डेनमा सरुवा भएर बर्दिया पुगेका अधिकृत अशोक भण्डारीले जिन्सी शाखामा रहेका सामानको अभिलेख गर्ने क्रममा गैंडाको एउटा खाग र बाघका २५ वटा दाह्रा हराएको पाइएको हो । मृत अवस्थामा फेला परेका वन्यजन्तुको छाला तथा आखेटोपहारलाई सुरक्षित गरेर राख्ने गरिन्छ । उक्त निकुञ्ज कार्यालयमा गैंडाका ३ वटा खाग थिए । कर्मचारीकै संलग्नतामा वन्यजन्तुको आखेटोपहार गायब पारिएको समाचारमा उल्लेख गरिएको छ ।