१८ मंसिर २०७९, आईतवार

डोटीका भूकम्पपीडितलाई ५ लाख सहयोग गर्ने एनआरएनएको घोषणा

प्रकाशित मिति :  २५ कार्तिक २०७९, शुक्रबार १६:१७


२५ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले डोटीमा भूकम्पबाट पीडितलाई पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले परोपकारी तथा मानवकल्याणहित अन्तर्गत रहेर मृतक तथा घाइते भएका परिवारलाई सहयोग गर्ने निर्णयपछि उक्त घोषणा गरिएकाे हो ।

डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण डोटीको पूर्वीचौंकी गाउँपालिका वडा नम्बर ३ गैरागाउँमा ६ जनाको मृत्यु, ८ जना घाईते भएका छन् ।

२८ घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी जिल्ला प्रशासन कार्यालय डोटीले गराएको छ । ती मध्ये १४ घर पूर्ण क्षति भएका छन् ।


52
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा