बससेवाले कलंकीमा सुरू गर्यो अत्याधुनिक प्यासेन्जर लाउञ्ज, इन्टरनेट देखि चिया कफिसम्मका सुविधा लिँदै बस कुर्न सकिने

नेपालबहस संवाददाता
कात्तिक २५, २०७९ शुक्रबार २३:२:२०

२५ कात्तिक, काठमाडौं । नेपालमा अनलाइन मार्फत बस टिकटिङ सेवा प्रदान गर्दै आएको बससेवा डटकमले कलंकीस्थित् ढुंङ्गेअड्डामा अत्याधुनिक किसिमको प्यासेन्जर लाउञ्ज (यात्रु प्रतिक्षालय) सञ्चालनमा ल्याएको छ । हवाइ यात्रुलाई प्यासेञ्जर लाउञ्जको सुविधा भएपनि सार्बजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई लक्षित गरि नेपालमै पहिलो पटक यस किसिमिको लाउञ्ज निर्माण गरिएको हो ।
यात्रुहरुलाई आफु जाने बस कुर्न कुनै किसिमको झञ्झट नहोस् भन्ने उदेश्यले बससेवाले लाउञ्ज सञ्चालनमा ल्याएको हो । लाउञ्जको शुक्रबार चन्द्रागिरी नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले उद्घाटन गरे । लाउञ्जमा यात्रुहरूलाई वाइफाइ, निशुल्क खानेपानी र चिया तथा कफि खाने व्यवस्था मिलाइएको छ ।
लाउञ्जको बससेवाबाट टिकट काटेका यात्रु मात्रै नभएर अन्य सबै यात्रु ले समेत प्रयोग गर्न सक्नेछन् ।लाउञ्ज सञ्चालनमा आएसँगै यात्रुहरु सडक किनारामा आफ्ना झोला राखेर धुलो खाँदै बस कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
लाउञ्जको उद्घाटन गर्दै चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले नेपालमै पहिलो पटक निर्माण गरिएको यस किसिमको लाउञ्जले यात्रुहरुलाई धेरै सहजहुने बताए । उनले भने ‘सार्बजनिक यातायातमा हिड्ने यात्रुलाई लक्षित् गरि बनाएको यस किसिमको लाउञ्ज मैले नेपालमा देखेको थिइन । बससेवाले जुन सुविधा दिएको छ यसले यात्रु र यातायात व्यवसायीलाई धेरै सहज बनाउनेछ । देशका अन्य भागमा पनि यस किसमका लाउञ्ज भएमा यातायात व्यवसाय नै थप व्यवस्जिथत् बन्दै जानेछ । चन्द्रागिरीका अन्य क्षेत्रमा समेत यसको विस्तार गर्नका लागि नगरपालिकाले समेत सहयोग गर्नेछ । ’
यस्तै ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक (एसपी)अवदेश विष्ट क्षेत्रीले यस किसिमको लाउञ्जले यात्रुलाई सहज बनाउने मात्र नभएर सडक सुरक्षामा समेत ठुलो भूमिका हुने बताए । पछिल्ला दिनमा फुटपाथमा हिड्ने र बस्ने व्यक्तिहरु नै दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिहरुको उदाहरण दिँदै उनले यात्रुको सुरक्षामा समेत लाउञ्जको ठुलो भूमिका हुने बताए ।
यसैगरी चन्द्रागिरी नगरपालिका वडा नं. १५ का वडाध्यक्ष घनश्याम लुईँटेलले यात्रुलाई सहजहुने किसिमका लाउञ्ज निर्माण, सञ्चालन र विस्तारका लागि वडा कार्यलय सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
यस्तै बससेवा डटकमका सिइओ पिआर खनालले भने ‘ हामीले सुरूदेखि नै आमयात्रुहरूलाई सहज हुने खालका सेवाप्रदान गर्दै आएका छौँ । यात्रुहरुलाई सामान राख्ने ठाउँ नहुने, सडक किनारामा धुलो खाँदै बस कुर्नुपर्ने बाध्यता थियो । एकातिर सामानको सुरक्षान हुने, धुलोले शरिरमा असर पार्ने, लामो समय गाडी कुर्नुपर्दाको झञ्झटलाई मध्यनजर गर्दै हामीले यो लाउञ्जको व्यवस्था गरेकाहौँ । यस लाउञ्जले यात्रुहरुलाई सहजब नाउने छ भन्ने हामीले विश्वास लिएका छौँ ’।
बससेवा नेपालको एकमात्र अनलाइन बस टिकट विक्रीगर्ने माध्यम हो । बस सेवामा अधिकांश यातायात समिति तथा कम्पनी आबद्ध रहेका छन् । बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट काट्न सक्नेछन् । यात्रुहरुले बससेवाको मोबाईल मार्फत टिकट काटी इसेवा, खल्ती, आइएमईपे लगायतका वालेटका साथै हरेक बैंकका मोबाईल र्बैकिङ मार्फत समेत टिकट काट्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्फ्यू आदेश उलङघन गर्दै प्रदर्शन, नेपालगञ्ज तनावग्रस्त
असोज १६, २०८० मंगलबार
सामाजिक सदभाव कायम राख्न नेपालगञ्जमा कर्फ्यु
असोज १६, २०८० मंगलबार
सिरहामा कार्यरत सशस्त्रका एसपी र डीएसपी छानविनमा तानिए
असोज १६, २०८० मंगलबार
नेपालगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश
असोज १६, २०८० मंगलबार
सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ भर्न ?
असोज १७, २०८० बुधबार
सिक्किममा बाढीमा परेर २३ सैनिक बेपत्ता
असोज १७, २०८० बुधबार
लगातार घटेको सुनको मूल्य तीन सयले बढ्यो
असोज १७, २०८० बुधबार