१८ मंसिर २०७९, आईतवार
आमनिर्वाचन-०७९
लेख / रचना

सुशासन र विकासको ढोका खोल्न डा. शेखरको नेतृत्व आवश्यक

प्रकाशित मिति :  २८ कार्तिक २०७९, सोमबार १०:४८


२२ कात्तिक, काठमाडाैं । वर्षौसम्म दलका झण्डा बोकेर होटेल, पार्टी कार्यालय र भातृ संगठनका औपचारिक कार्यक्रमहरुमा झुल्किने कर्मचारीलाई निर्वाचनमा भने राजनीतिक प्रचार प्रसारमा जान निर्वाचन आयोगले रोक लगाउने गरेकाे देखिन्छ । उसकाे झारा टार्ने वक्तव्यबाजीको न त कुनै प्रभावकारी कार्यान्वयन नै हुन्छ, न त गहन अनुगमन नै । यसले के देखाउँछ भने सरकारले निर्वाचनको मिति तोक्ने र निर्वाचन आयोगले केवल वक्तव्यबाजीकाे प्रकृया मात्रै पुरा गरिरहेकाे छ । कार्यान्वयनमा नै नआउने वक्तव्यबाजी देखेर निर्वाचन आयोगको लाचार अभिव्यक्ति देख्दा टिठ लागेर आउँछ ।

देशमा भएका सबै राजनीतिक परिवर्तनका आन्दोलनहरुमा कर्मचारीहरु पनि उत्तिकै रुपमा सहभागी थिए । तर यसको मतलब देश कर्मचारीले चलाउनुपर्छ भन्ने किमार्थ पनि होइन । यहाँ उठाउन खोजेको कुरा के हो भने हरेक नागरिकहरुले राजनीति गर्नुपर्छ, गर्न पाउनुपर्छ, बुझ्न पाउनुपर्छ, जानकारी लिन पाउनु पर्छ भन्ने मात्र हो । नागरिकहरुका साथसाथै हरेक देशभक्त कर्मचारीहरुले समेत राजनीति गर्नुपर्छ । हरेक पेशाकर्मी र व्वयसायीहरुले समेत राजनीति गर्नुपर्छ । मजदुर किसान र कर्मयोगी श्रमजीवि नागरिकहरुले राजनीति गर्नुपर्छ भन्ने हो । तब मात्रै देशले सहि मार्ग पाउन सक्छ । विकासले बाटो पहिल्याउन सक्छ । उन्नतिले शिखर चुम्न सक्छ ।

तर राजनीति सकारात्मक हुन आवश्यक छ । अहिले देखिएको द्वेष र आरोप-प्रत्यारोपको राजनीतिले देश नै दुर्गन्धित बनिरहेको कुरा सबैले देखिरहेका छौं । नेतृत्वमा रहेकाहरुलाई सबैकुरा गर्ने छुट अनि जनताका छोराछोरीलाई बोल्न र लेख्न पनि अंकुश । न्यायसंगत र सामाजिक विषय हुन सक्दैन ।

शिक्षकले राजनीति गर्न पाउनु पर्छ तर शिक्षकले गर्ने राजनीतिले विद्यालयको शैक्षिक सुधारका एजेण्डा बोकेको हुनुपर्छ । अशल र दक्ष विद्यार्थी निर्माण गर्ने लक्ष र उद्देश्य लिएको हुनुपर्छ । विद्यालयमा शैक्षिक, भौतिक, वातारणीय र अतिरिक्त कृयाकलापहरुको स्तरोन्नति भएको देखिनु पर्छ । यसका लागि शिक्षकले किन राजनीति गर्न नपाउने ?

डाक्टरले गर्ने राजनीतिले स्वास्थ्य क्षेत्रमा सुधार ल्याएको देखिनु पर्छ । यस्तो राजनीति हरेक डाक्टरले गर्न पाउनुपर्छ । एम्बुलेन्सबाट ओर्लने बित्तिकै यो बिरामीबाट यति रकम असुल्न सकिन्छ भनी अस्पताल सञ्चालकहरुसँग बार्गेनिङ्ग गर्दै बिरामीको घरबार सिध्याउने अभिप्रायले नभइ एक असल अभिभावकले गर्ने व्यवहार गर्न सक्नु नै डाक्टरकाे मुख्यय जिम्मेवारी हाे । राजनीति हैन, उपचारमै बिरामीकाे घरबार सिध्याउन हैन रोग सिध्याउन आएको भन्ने आभाष दिलाउन सक्नु नै डाक्टरले देश विकासका लागि गरेको साँचाे राजनीति हो । पेशागत कर्मचारीले गर्ने राजनीतिले आम सर्बसाधारण नागरिकहरुको काम कसरी छिटो भन्दा छिटो, बिना झण्झट र बिना मोलमोलाई सम्पन्न गर्न सकिन्छ रु भन्ने सोच राखेर गरिनु पर्छ । यसरी के कर्मचारीहरुले राजनीति गर्नै नपाउने भन्ने कहीँ मिल्ने कुरा हाे र ?

यहाँ हरेक व्यापारी र उद्योगपतिले पनि राजनीति गर्न पाउनु पर्छ । व्यापारी र उद्योगपतिले गर्ने राजनीति उपभोक्ताहरुको हक, हितमा हुनुपर्छ । श्रमजीवि वर्गले गर्ने राजनीतिमा ईमान्दारिता झल्कन सक्नु पर्छ भने राजनीतिक दलहरुले गर्ने राजनीतिमा सिंगो देश र जनताको सर्वोपरी हित जाेडिएकाे हुनुपर्छ । यसो हुनसक्यो भने कसैले कसैलाई राजनीति नगर भन्ने अवस्था नै अाउँदैन । भन्न पनि सक्दैनन्र । समान उद्देश्य देश विकासलाई बनाएपछि को सत्तामा जाने र को प्रतिपक्षमा बस्ने भनेर रोईलो गर्नै पर्दैन ।

तर अहिलेको राजनीति गलत बाटोमा पुर्याइएकाे छ । जुनसुकै कुरामा पनि कमिशन र घुस लिने परिपार्टीले सिंगो मुलुकको राजनीति बिटुलिएको छ । जब राजनीतिज्ञहरु नै बद्नाम हुँदै जान्छन् त्यसपछि देशको कर्मचारीतन्त्र बद्नाम हुँदै जान्छ । जब देशको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र बदनाम हुन्छ अनि देशको सिंगो राजनीतिक व्यवस्था नै बदनाम हुन्छ ।

यसपटक डा. शेखर कोईरालालाई सांसद बनाएर पठाइदिऔं । देशले एक दूरदर्शी नेताको नेतृत्व पाउनेछ । असल  व्यक्तिको हातमा सत्ता पुग्न पायो भने आधा भ्रष्टाचार आफैं घटेर जानेछ । हाम्रो नेपाल अब हामी सबै मिलेर बनाउँ भन्ने सामूहिक भावना जाग्नेछ । हामी र भावी सन्ततिकाे भविष्य उज्यालाे हुनेछ । छोटो समयमै देशको मुहार फेरिनेछ ।

यि सबै कुराको समिश्रण गर्न सक्ने गलत कार्यलाई सहि मार्गमा ल्यउन सक्ने, बिग्रिएका पार्टपूर्जा जिर्णोद्धार गर्न सक्ने जनताले अत्यन्तै धेरै बिश्वास र भरोषा गरेको नेता चाहिएको छ । यि सबै कुरा अहिले नेपाली कांग्रेसका बरिष्ठ नेता डा। शेखर कोईरालामा पाइएको छ । विगतमा डा। शेखरको अनुपस्थितिमा संसदको भद्रगोल हामीले हेरीसकेका छौं । आफु संसद बाहिर रहेर पनि डा। शेखरका विगतका राजनीतिक गतिबिधिहरुले उनलाई नेतृत्व जिम्मा लगाउँदा कुनै समस्या नदेखिने देखाइसकेको छ ।

त्यसैले यो देशको सासनसत्तामा एकपटक डा. शेखर काईरालालाई पुर्याउन जरुरी छ । बिग्रिएको देशको पुनर्निर्माण गर्न सबै नेपालीले एकपटक त्यो त्याग गर्न आवश्यक छ । अहिले नेपाली जनतामा देखिएको व्यवस्था प्रतिको बितृष्णा फर्काउन पनि डा. शेखर एकमात्र उपयुक्त नेता हुन सक्छन् । एकपटक देशको बिग्रिएको राजनीतिलाई सहि बाटाेमा ल्याइसकेपछि जो काहिले पनि निर्धक्क साथ नेतृत्व सम्हाल्न सक्छन्, देश विकासको महाअभियानमा ईटामाथि ईटा थप्न सक्छन् । खण्डहर बनेको घरको आँगनमा सयपत्री र मखमली फुलहरु फुल्नेछन् । बालबालिकाहरु आँगनमा रहेको फूलबारीमा झुल्नेछन्, खेतिबारीमा अन्नका बाली झुल्नेछन् । यत्ति भैसके पछि मात्रै आम नेपाली नागरिकहरुले वाह मेरो देश भन्नेछन् ।

यसका लागि मंसिर ४ गते हुने संघीय (प्रतिनिधिसभा) संसद सदस्य निर्वाचनमा डा. शेखर कोइरालालाई अत्यधिक मतका साथ जिताउन आवश्यक छ । यस्तो अपूर्व अवसर मोरङ जिल्लाको क्षेत्र नं. ६ ले पाएको छ । हामी सबै देशबासीको तर्फबाट मोरङ्ग निर्वाचन क्षेत्र नं. ६ का तमाम मतदाता नागरिकहरुलाई एउटै मात्र आग्रह छ, तपाईहरु यसपटक डा. शेखर कोईरालालाई सांसद बनाएर पठाइदिऔं । देशले एक दूरदर्शी नेताको नेतृत्व पाउनेछ । असल  व्यक्तिको हातमा सत्ता पुग्न पायो भने आधा भ्रष्टाचार आफैं घटेर जानेछ । हाम्रो नेपाल अब हामी सबै मिलेर बनाउँ भन्ने सामूहिक भावना जाग्नेछ । हामी र भावी सन्ततिकाे भविष्य उज्यालाे हुनेछ । छोटो समयमै देशको मुहार फेरिनेछ ।


1.01k
Shares
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिललो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा