मधेस कृषि विश्वविद्यालयमा भर्ना सुरू

नेपालबहस संवाददाता
कात्तिक २९, २०७९ मंगलबार १९:४२:२

२९ कात्तिक, सप्तरी । मधेस कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरु गरेको जानकारी दिएका छन् । कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना लिन सुरू गरिसकेको ठाकुरको भनाइ रहेको छ ।
मधेस प्रदेश सरकारद्वारा गत वर्ष मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले मंगलबारबाट खोलिएको हो । नयाँ भर्ना गर्ने विद्यार्थीले बी।एस।सी।एजी अर्थात् कृषि विषयका लागि स्नातक तहमा भर्ना भई अध्ययन गर्न पाउनेछन् ।
विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी भर्ना हुन पाउँनेछन् । तीन महिनाअघि कोर्स डिजाइन गरिएअनुसार विश्वविद्यालयले खासगरी महिला,मधेसी,दलित,अपाङ्ग, मुस्लिम लगायतका कोटाहरू छुट्याएर पहिलो वर्ष ५० सिटका लागि भर्ना खोलेकोको उपकुलपति डा।वैजनाथ महतोले जानकारी दिए ।
मधेस कृषि विश्वविद्यालय सञ्चालन अध्यादेश २०७८ अनुसार स्थापित प्रदेश विश्वविद्यालयमा अर्को वर्षदेखि कृषि, भेटनरीको,बागवानी,मत्स्य लगायतको पढाइसँगै कृषिको आधुनिकीकरण,व्यवसायीकरण,औजारीकरणको अध्ययन अध्यापन गराइने डा।महतोको भनाइ रहेको छ ।
विश्वविद्यालयको शैक्षिक गतिविधिले मधेस प्रदेशमै वस्तुको उत्पादकत्व बढाउनुका साथै खाद्य तथा पोषण सुधार हुने विश्वास रहेको छ । कृषकको जीविकोपार्जनमा सुधार तथा रोजगारीमा वृद्धि हुने उद्देश्य विश्वास विद्यालय सञ्चालनमा ल्याएको रजिस्ट्रार ठाकुरको भनाइ रहेको छ । योसँगै विभिन्न समसामयिक विषयमा अनुसन्धान तथा कृषक एवं कृषि प्राविधिकलाई तालिम र प्रविधि प्रसारसमेत गरिने यस विद्यालयले गर्नेछ ।
पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव,मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, सामाजिक विकासमन्त्री नवलकिशोर साह र मधेश कृषि विश्वविद्यालयका कुलपतिसमेत रहेका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रूपमा गत मंसिर २७ गते विश्वविद्यालयको उद्घाटन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविज्ञानका उत्कृष्ट विद्यार्थीलाई चिनियाँ अनुदान
असोज १७, २०८० बुधबार
इन्जिनियरिङको स्नातक तहको शुल्क पुरानै कायम
असोज १६, २०८० मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयमा दुई महिनादेखि तालाबन्दी
असोज ८, २०८० सोमबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार
देशको सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषदमा छलफल
असोज १७, २०८० बुधबार
एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
असोज १७, २०८० बुधबार
एसियन कप छनोट खेल्ने फुटसल टोलीको विदाई
असोज १७, २०८० बुधबार
दशैं, तिहार र छठ पर्वमा सार्वजनिक यातायात सहज बनाइने
असोज १७, २०८० बुधबार