१८ मंसिर २०७९, आईतवार
स्वास्थ्य समाचार

फोक्सो बचाउन स्वास्थ्यकर्मी सडकमा

प्रकाशित मिति :  ३० कार्तिक २०७९, बुधबार १४:४७


३० कात्तिक, बीरगञ्ज । विश्व सीओपीडी दिवसको अवसरमा बीरगञ्जमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरिएको छ । ‘तपाईको फोक्सो जीवनका लागि’ भन्ने नाराका साथ बीरगञ्जका स्वास्थ्यकर्मीले फोक्सो बचाउन सन्देश दिँदै सचेनामूलक र्याली निकालेका हुन् ।

विश्वमा सीओपीडी भनिने दीर्घ दमको रोग मानिस मार्ने तेस्रो ठूलो रोग भए पनि यसबाट बँच्न गरिएका प्रयास भने खासै प्रभावकारी देखिँदैन ।
धुमपान तथा धुलो धुवाँबाट बँच्नुका साथै दैनिक व्यायाम र सन्तुलित भोजन गरे यो रोगबाट बँच्न सकिने वीरगञ्जका वरिष्ठ चिकित्सक डा।निरज सिंह बताउँछन् ।

बीरगञ्ज नर्सिंङ क्याम्पस र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा बीरगञ्जमा भएको सचेतनामुलक र्यालीमा डा।रोशन दास, डा।दीपक कुशवाहा, चन्दन सिंह, नन्दन चौरसिया लगायत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।


143
Shares
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्याममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा