१८ मंसिर २०७९, आईतवार

प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच विशेष छुट सम्झौता

प्रकाशित मिति :  १ मंसिर २०७९, बिहीबार ०७:५४


१ मंसिर, काठमाडौं । प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छुट सम्झौता भएको छ । मंगलबार दुबै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात् क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २०५ छुट पाउनेछन् भने आउट सोर्सिङ गरेको टेस्टमा ल्याबबाट १०५ छूट पाउनेछन् । यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ ।

सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा