१८ मंसिर २०७९, आईतवार

चर्चाको शिखरमा डा. शेखर

प्रकाशित मिति :  १ मंसिर २०७९, बिहीबार १२:१४


मुलुक संघीय तथा प्रदेश निर्वाचनको अन्तिम अन्तिम चरणमा आई पुगेको छ । निर्वाचनमा होमिएका दलहरु, स्वतन्त्र उम्मेदवारहरु आफ्नो चुनावी प्रचारप्रसारमा ब्यस्त देखिन्छन् । किसानलाई धान थन्याउने चटारो भन्दा दुई गुणा बढी धपेडी छ अहिले उम्मेदवारहरुलाई । कसैलाई जनता कसरी ढाँटेर आफु फेरी माथि उक्लने भन्ने चिन्ता छ भने कतिलाई दलहरुको बिरोध गरेकै भरमा भोट बटुल्ने दाउ लगाई रहेका देखिन्छन् । जुवामा च्याँखे थाप्नेहरुको जमात पनि निर्वाचनमा प्रशस्तै देखिने गरी मतसंख्याको आधारमा दलका नेताहरुसँग बार्गेनिङ्गमा समय खर्चिरहेका पनि देखिन्छन् । निहित स्वार्थका लागि दल पविर्तन गर्नेहरुको लागी पनि अहिले भदौ महिना भएको छ । समग्रमा यसले देशमा स्थापित भएको ब्यवस्थाको स्दुढिकरणमै अगाडि बढेको छ होला भनेर लख काट्न सकिन्छ ।

बिगतमा भएका निर्वाचनहरुमा दलीय अभ्यासको चर्चा सहितको गठबन्धनको निर्वाचनको अभ्यास पनि अहिले मुलुकले गरिरहेको छ । विश्व रावनीतिलाई उदाहरुण दिएर गरिएको गठबन्धनको यो अभ्यासले देशमा स्थिर सरकार र दिगो बिकास ल्याओस भन्ने नै आम नेपाली नागरिकहरुको चाहना रहेको देखिन्छ । एकल दललाई लिएको बहुमत समेत टिकाउन नसक्ने अवस्थाका नेपालका राजनैतिक दलहरुले गठबन्धनलाई कसरी निश्चित समयसिमासम्म जोगाएर लैजालान ? त्यो भने अहिल्यै अनुमानका आधारमा मकै ज्यातिषि बन्न अप्ठ्यारो अवस्था छ ।

अहिले दलका नेता तथा कार्यकर्ताहरु देशैभरी पुगेको अवस्था छ । ठाउठाउमा आमसभा र कोणसभाहरुले देश गुञयमान भएको छ । दलका रंगिचंगी झण्डा र ब्यानरहरुले देश चिटिक्क सिंगारिएकी बेहलुली झै देखिएको छ । अभाव र समस्या सबै एकैसाथ दूर भए झै गरेर अहिले के मजदुर, के किसान, के कर्मचारी, के ब्यापारी, के उद्योगपति, के अशक्त सबै निर्वाचनको प्रचार प्रसारमा दौडिएका देखिन्छन् । मुलुकले परिवर्तनको सपना बोकेको छ । जनताले उज्वल भबिष्यको आशा सजाएका छन् । देशभित्र रहेका शिक्षित बेरोजगारहरुको अवस्था कहालिलाग्दो छ तर नेताहरु बिना ढ्यौवा विदेशके सयर को नारा लगाई रहेका देखिन्छन् ।

देशमा राजनीतिक परिवर्तन पछिका उपलब्धिहरुको समिक्षा गर्ने छुट्टै संयन्त्र बनाउनु पर्ने अवस्था छ । बर्तमानका राजनीतिक नेतृत्व प्रति नेपाली जनताको भरोषा न्युन हुदै जान थालेको छ । मजबुरीका नाम महात्मा गान्धी भन्ने पुरानो उखान जहिले पनि उत्तिकै चर्चामा रहने गरेको छ । नागरिकहरुले देशलाई दिगो बिकास र समुन्नत बनाउन किन दलका नेताहरु चाहदैनन् ? भन्ने प्रश्न गर्ने प्रशस्तै ठाउँहरु देखिईसकेका छन् । तर पनि जनताहरु यिनैका पछिपछि लागिरहेका छन् किनकी नागरिकहरु हजारौं आफन्त र नातागोताको बलिदानीबाट प्राप्त राजनैतिक ब्यवस्थाबाटै मुलुकको परिवर्तन हुन सक्छ कि भन्ने सपना देखिरहेका छन् ।

जनताको घाउमा मल्हम लगाउन सक्ने नेतृत्वका अभावमा हामीले दशकौ खर्चिसकेका छौ । जतिजति जनतामा निरासा बढदै जान्छ त्यतित्यति बिद्रोहको ज्वारभाटा उठने क्रम बढदै जान्छ । जनताको निराशामा विश्वासको भरोषा ल्याउन सक्ने नेतृत्व नै अहिलेको टटकारो आवश्यकता हो । यसका लगि हामीले नै राम्रोलाई छान्ने र नराम्रोलाई फाल्ने असरका रुपमा निर्वाचनलाई लिन सक्नु पर्छ । निर्वाचनका बेला मिठा गफ र मिठो मसिनो खानामा अल्मलिने भन्दा अब यो देशलाई कस्ले नेतृत्व गर्यो भने हामी र हाम्रा सन्ततीको भविष्य उज्यालो हुन्छ ? भन्ने तर्फ सोच्न जरुरी छ । बिगतमा हामीले जसलाई यो देश बनाउने जिम्मा दिएर पठाएका थियौ उनिहरुले यो देश र जनताका लागि बिगत ५ बर्षमा के के गरे ? बिदेशीका सामु कति कसरी लम्पसार परे ? भन्ने कुराको सुक्ष्म अध्ययन नगरी यसपटक किमार्थ पनि मतदान गर्नु हुँदैन ।

जिल्ला जिल्लामा उम्मेद्धवारहरु मत मागेर हिडिरहेका छन् । क्षेत्र क्षेत्रमा कार्यकर्ताहरु ज्यान फालेर खटिईरहेका छन् । पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्म अहिले चुनावी प्रचार प्रसारमा नेता तथा कार्यकर्ताहरु र स्वतन्त्र उम्मेद्धवारहरु सकृयताका साथ लागि परेका छन् । तर पनि अहिले झापाको क्षेत्र नं. ५, मोरङ्गको क्षेत्र नं. ६ र डडेल्धुराको राजनीति चर्चाको शिखरमा छ । झापा ५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको उम्मेद्धवारी रहेको छ भने डडेल्धुरामा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रतिस्पर्धामा छन् । तर दुबै नेताहरु प्रति नेपाली जनताको आकर्षण घटदो क्रममा रहेको देखिन्छ । दुबै नेताहरुका बिरुद्धमा शक्तिशाली युवा उम्मेद्धवारहरु स्वतन्त्र उम्मेद्धवारका रुपमा खडा भएका छन् जसको चर्चा पनि उत्तिकै रहेको देखिन्छ ।

तर मोरङ्ग क्षेत्र नं. ६ मा उम्मेद्धवार रहेका डा. शेखर कोईरालाको पक्षमा भने अहिले अत्यन्तै धेरै जनलहर रहेको देखिन्छ । स्वतन्त्र रुपमा उठेका उम्मेद्धवारहरु तथा राजनैतिक दलहरुबाट उम्मेद्धवारी दिएका नेताहरुले एक पछि अर्को उम्मेद्धवारी फिर्ता लिदैं डा. शेखर कोईरालाका पक्षमा समर्थन गर्न थाले पछि उनको बिजयको चर्चा हुन थालेको देखिन्छ ।

अत्यन्तै शरल, सहयोगी, सहनशील र जनताका विश्वासपात्रका रुपमा चिनिएका डा. शेखरलाई बिगतमा मतदान नगरेका हजारौं मतदाताहरु समेत डा. शेखरलाई गत निर्वाचनमा मत नहालेकोमा आफुहरुलाई अत्यन्तै धेरै ग्लानी भएको बताईरहेका देखिन्छन् । मोरङ्ग ६ का मतदाताहरुको एउटै भनाई रहेको छ कि यसपटक डा. शेखर कोईरालालाई जसरी पनि हामी बिजयी बनाएर राजधानी पठाउने छौं ।

मुलुकको नेतृत्व जिम्मा लगाउने सोचका साथ मोरङ्गबासीहरु डा. शेखरलाई जिताउन लागि परेको स्थानीयहरुको भनाई रहेको छ । यसले पनि दुबै पूर्व प्रधानमन्त्री भन्दा बढी चर्चा अहिले डा. शेखर कोईरालाको देखिएको छ । भोलीदेखि मौन समय शुरु हुने र आगामी मंसिर ४ गते हुने संघीय निर्वाचनमा डा. शेखरको जितसँगै मुलुक राजनीतिक र आर्थिक बिकासको बाटोमा एकैसाथ हिडने र छोटो समयमा जनताले महशुस गर्ने परिवर्तनको खाका तैयार भैसकेको अवस्थामा अब यताउता केहि नहेरी डा. शेखर कोईरालालाई अत्यधिक मतका साथ बिजयी बनाउन हामी तमाम देशबासीहरुको तर्फबाट मोरङ्ग क्षेत्र नं. ६ का आम मतदाताहरुमा हार्दिक अनुरोध समेत गर्दछौं ।


611
Shares
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिललो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा