१८ मंसिर २०७९, आईतवार

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

प्रकाशित मिति :  २ मंसिर २०७९, शुक्रबार ०८:३२


२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार नेपाली बजारमा एक अमेरिकी डलरको खरिद मूल्य १३० रुपैयाँ ३५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ ९५ पैसा छ ।

 युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७२ पैसा, अष्ट्रेलियन डलर १ ले घटेर खरिद ८७ रुपैयाँ २८ पैसा छ भने बिक्रीदर ८७ रुपैयाँ ६८ पैसा कायम भएको छ ।

१ रुपैयाँले घटेर क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०८ पैसा कायम छ । सिङ्गापुरे डलरको खरिददर ९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९५ रुपैयाँ २५ पैसा रहेको नेपाल राष्ट्र बैकले जनाएको छ।

यसैगरी जापानी येनमा १० एकको खरिदमा ९  रुपैयाँ ३४ पैसा र बिक्रीमा ९ रुपैयाँ ३८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८ रुपैयाँ ३३ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८४ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ६३ पैसा र बिक्रीदर २८ रुपैयाँ ७६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा