हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्कियो

नेपालबहस संवाददाता
मंसिर ३, २०७९ शनिबार १७:१९:१४

३ मंसिर, खजुरा । नेपालगञ्जबाट कर्णालीको हिमाली जिल्ला हुम्ला पठाउने चामल नेपालगञ्जमै थन्किएको छ । हवाई मार्गबाट ढुवानीका लागि टेण्डर आह्वान गर्दा मापदण्डअनुसारको बोलपत्र नपरेको र स्थलमार्गबाट ढुवानी गर्न समस्या भएकाले हुम्ला जिल्लामा चामल ढुवानी हुन नसकेको हो ।
सरकारले यस वर्ष नेपालगञ्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पुर्याउने कोटा तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट पुर्याउने भनिएको उक्त चामल भने ढुवानी हुन नसकी नेपालगञ्जमै थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताए । उहाँका अनुसार सम्झौता गरिएको फर्मले चामल ढुवानी गरेको छैन ।
तीन हजार पाँच सय क्विन्टलमध्ये दुई हजार क्विन्टल चामल हवाई मार्गबाट पुर्याउने लक्ष्य रहेको छ । त्यसका लागि भदौ १ गते खोलिएको टेण्डरमा कुनै पनि हवाई सेवा प्रदायकले मापदण्डअनुसार बोलपत्र नहालेको प्रमुख लामिछानेले जानकारी दिए । त्यसपछि पुनः टेण्डर आह्वान गर्दा प्रक्रियामै धेरै समय लागेको हो । दोस्रोपटक आह्वान गरिएको टेण्डरमा तारा एयरले ढुवानी गर्न पाउने ठेक्का परेको तर सम्झौता गर्न आएको छैन ।
सम्झौताका लागि यही मंसिर २० गतेसम्मको समय तोकिएको छ । “हामीले उहाँहरूलाई चाँडोभन्दा चाँडो सम्झौताका लागि आउन भनिरहेका छौँ”, लामिछानेले भने, “हवाई कम्पनीहरूले पछिल्लो समय इन्धनको मूल्य बढेको तर सरकारले ढुवानीका लागि मूल्य नबढाएकोले बढी मूल्य कबोल गरेर बोलपत्र हालेका थिए ।”
सडकमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्ने जिम्मा भने एलबी सप्लायर्स हुम्लाले पाएको छ । तर, सडक मार्ग बिग्रेको भन्दै सप्लायर्सले अझै ढुवानी गरेको छैन । केही महिनाअघि भएको वर्षाले विभिन्न स्थानमा सडक बिग्रिएकाले ढुवानीमा समस्या भएको कम्पनीले जनाएको छ । कार्यालयले निर्वाचनपछि ढुवानी हुने विश्वास लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअस्थायी आवास निर्माण सरलीकृत, पहिलो किस्ताबापत दुई करोड ५३ लाख रकम निकासा
मंसिर १४, २०८० बिहिबार
नक्सा पास गरेर मात्र पक्की घर बनाउन पाइने
मंसिर १२, २०८० मंगलबार
रामीडाँडा भूकम्प : त्रिपालमुनि बस्दै आएकी सुत्केरीको चिसोबाट मृत्यु
मंसिर ११, २०८० सोमबार
असहाय र जेष्ठ नागरिकको अभिभावक बन्दै दमक नगरपालिका
नेपालबहस संवाददाता
मंसिर १४, २०८० बिहिबार
निगमको बदमासीले बिहीबार ८० प्रतिशत तेल बिकेन, कति भयो घाटा ?
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
पश्चिम नवलपरासी कांग्रेसमा देखिएको विवाद समाधान गर्न शेखर कोइराला तयार
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार
राजतन्त्र बारे गणतन्त्रवादीले जवाफ दिनुपर्ने प्रश्न
बद्रीनरसिंह के.सी.
मंसिर १५, २०८० शुक्रबार
उस्तै अर्थनीति फरक दल : रास्वपाको उदार अर्थनीति क्रोनिक र दलाल अर्थनीति भन्दा फरक होला ?
मंसिर १६, २०८० शनिबार
स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु , बसमा आगो लगाएर प्रदर्शनमा उत्रिए स्थानीय
मंसिर १६, २०८० शनिबार
नेपाल किसान महासंघ नेपाली कांग्रेसको एकमात्र भरोषायुक्त र बलियो संगठन
मंसिर १६, २०८० शनिबार
ट्रकको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
मंसिर १६, २०८० शनिबार
वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
मंसिर १६, २०८० शनिबार
भाषण गर्न जस्तो सजिलो पार्टी चलाउन हुदैँनः देउवा
मंसिर १६, २०८० शनिबार
काठमाडौंमा चाँडै पानी ल्याउन मेलम्ची पुगे मन्त्री यादव
मंसिर १६, २०८० शनिबार
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
मंसिर १६, २०८० शनिबार