१८ मंसिर २०७९, आईतवार
कर्णाली प्रदेश

कालीकोटमा दिउँसो १ बजेदेखि मतगणना हुने

प्रकाशित मिति :  ६ मंसिर २०७९, मंगलवार ११:५५


६ मंसिर, कालिकोट । कालीकोटमा प्रतिधिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना आज अपराह्न १ बजेदेखि गरिने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

जिल्लाका सबै मतदान केन्द्रको मतपत्र सङ्कलन भैसकेको र मतगणनाका लागि सर्वदलीय बैठकले अपराह्न १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए ।

कालीकोटमा प्रतिनिधिसभाका लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपा ९एमाले०का नगेन्द्र शाही स्वतन्त्रका काशिचन्द्र बराल, कांग्रेस विपीका पङ्खबहादुर विष्ट, नेमकिपाका खड्कराज शाही, राप्रपाका धनबहादुर बुढा र अर्का स्वतन्त्र धनप्रसाद पाण्डे उम्मेदवार रहेका छन ।

कालीकोटको प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रबाट दुर्गबहादुर रावत, नेकपा ‘एमाले’बाट कुर्मराज शाही र नेपाल मजदुर किसान पार्टीबाट रवीन्द्र शाही र प्रदेशसभा ‘ख’ मा कांग्रेसबाट हिक्मतबहादुर विष्ट, एमालेबाट वीरेन्द्रबहादुर बुढा, एकीकृत समाजवादीबाट विश्वराज बम, कांग्रेस विपीबाट कर्णबहादुर विष्ट र स्वतन्त्रबाट लक्ष्मणबहादुर बम उम्मेदवार रहेका छन ।


117
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा