१८ मंसिर २०७९, आईतवार

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टीका चौधरी जित नजिक

प्रकाशित मिति :  ६ मंसिर २०७९, मंगलवार १२:३७


♦ दीपक शर्मा

६ मंसिर, कैलाली । कैलाली क्षेत्र नं। ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी प्रतिनिधिसभा सदस्यमा जित नजिक पुगेका छन् ।

कुल ६१ हजार ६६८ मत खसेको यो क्षेत्रमा हालसम्म ५५ हजार ९०२ मत गणना हुँदा चौधरी २० हजार २३४ मतका साथ अग्रस्थानमा छन् । उनको जित लगभग सुनिश्चित भएको छ ।

यसैगरी, गठबन्धनकातर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरी कुन्दनले १४ हजार ९४६ मतकासाथ पछ्याइरहेका छन् । क्षेत्र नम्बर ३ को अब साढे पाँच हजार मतमात्रै गणना गर्न बाँकी रहेको छ ।


299
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा