१८ मंसिर २०७९, आईतवार

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता प्रकरणः उपसचिवसहित ८ जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति :  ६ मंसिर २०७९, मंगलवार १३:२४


६ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारी, मालपोत अधिकृतसहित ८ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा कायम गराई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंले नेपाल सरकारको नाममा कायम जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका सम्बन्धमा आयोगले अनुसन्धान गर्दा सरकारको नाममा बाटो कायम भएको काठमाडौं महानगरपालिका साविक वडा नम्बर १६ कित्ता नम्बर १३९९ क्षेत्रफल ९१।३१ वर्गमिटर जग्गा भक्तरत्न तुलाधरको नाममा कायम गर्ने निर्णय गरेको आरोप छ ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा