१८ मंसिर २०७९, आईतवार

१९ कम्पनीहरूले गरे लाभांश प्रस्ताव, सबैभन्दा धेरै कसको ?

प्रकाशित मिति :  ६ मंसिर २०७९, मंगलवार १३:३२


६ मंसिर, काठमाडाैं ।  गत आर्थिक वर्षको मुनाफाबाट १९ कम्पनीहरूले हालसम्म लाभांश प्रस्ताव गरेका छन् । नेपाल स्टक एक्सचेञ्‍जमा सूचिकृत कम्पनीहरूको सञ्‍चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेका हुन् ।  जसमध्ये अधिकांश कम्पनीहरूले बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएका छन् ।

लाभांश घोषणा गर्नेमा ३ वटा वाणिज्य बैंक, पाँच बीमा कम्पनी, एक लघुवित्त संस्था, एक विकास बैंक, ६ सामूहिक लगानी कोष र तीन अन्य कम्पनी छन् ।

नेप्सेमा सूचीकृत २४२ मध्ये १४६ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् भने ५९ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका छन् ।

अहिलेसम्म प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडको लाभांश प्रस्ताव सार्वजनिक भएका छन् । बाँकी बैंकहरूले घोषणा गरे पनि सञ्‍चालक समितिले निर्णय गरिसकेका छैनन् ।


429
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा