१८ मंसिर २०७९, आईतवार
सुदूरपश्चिम प्रदेश

रेशम चाैधरीकाे पार्टीले जितकाे ढाेका खोल्यो, कैलाली ३ मा गंगाराम विजयी

प्रकाशित मिति :  ६ मंसिर २०७९, मंगलवार १३:४३


६ मंसिर, धनगढी । कर्तव्य ज्यान लगायत कसुरमा जेल सजाय भोगिरहेका रेशमलाल चौधरी आवद्ध नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभाका लागि खाता खोलेको छ ।

कैलाली ३ बाट उन्मुक्ति पार्टीका गंगा चौधरीले खाता खोल्दै प्रतिनिधिसभामा पहिलोपटक स्थान कायम गरेको छ । चौधरी २३,१२० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कुन्दन चौधरीले १७,७४९मा सीमित हुन पुगेका छन् ।

एमालेका गौरीशंकर चौधरीले ९,८७४ मतसहित तेस्रो स्थानमा सीमित भएका छन । उक्त क्षेत्रमा ६३,४४० मत खसेको थियो भने ४०२१ मत बदर भएको छ ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा