१८ मंसिर २०७९, आईतवार
आम निर्वाचन-०७९
प्रदेश १

मोरङ ६ मा डा. शेखर कोइरालाकै अग्रता

प्रकाशित मिति :  ६ मंसिर २०७९, मंगलवार १४:१६


६ मंसिर, माेरङ । माेरङमा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ मत गणनामा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाकाे अग्रता यथावत रहेकाे छ । डा. काेइरालाले तीन हजार ५ सय ३८ मत प्राप्त गरेका छन् ।

डा. काेइरालाले शुरूवाती कालदेखि नै अग्रता लिँदै आएका छन् । मोरङका प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात हजार ७ सय ४७ मतगणनामा गर्दा नेकपा (एमाले)का लालबाबु पण्डितले दुई हजार ७ सय ६८ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका यादवकुमार प्रधानलगायत अन्य उम्मेदवारहरुले पनि मत पप्त गरेका छन् ।


806
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा