कास्की–३ प्रदेशसभा १ मा एमालेका गुरुङ विजयी
नेपालबहस संवाददाता
मंसिर ७, २०७९ बुधबार १९:२१:२४
७ मंसिर, अन्नपूर्ण ‘कास्की’ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन-२०७९ अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं ३ प्रदेशसभा १ मा नेकपा ‘एमाले’का उम्मेदवार गणेशमान गुरुङ विजयी भएका छन।
पोखरा ७ स्थित उपत्यका नगरविकास समितिको हलमा आज सम्पन्न मतगणनामा गुरुङले १४ हजार चार सय ७३ मत ल्याएर गण्डकी प्रदेशसभामा विजयी भएका हुन। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ‘माओवादी केन्द्र’का दुर्गादत्त भण्डारीले नौ हजार छ सय ६२ मत ल्याएका छन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केदारनाथ पौडेलले तीन हजार छ सय ९७ र हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले दुई हजार पाँच सय १५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यसैगरी मङ्गोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङले चार सय ५४, आमूल परिवर्तन मसिहा पार्टी नेपालका मोतिलाल परियारले एक सय ६८, स्वतन्त्र उम्मेदवार कोमलप्रसाद शर्मा दुई सय २७ मत ल्याएका छन ।
यस क्षेत्रमा प्रतिनिधिसभाको मत गणना जारी छ । पछिल्लो गणनाअनुसार प्रतिनिधिसभामा नेकपा ‘एमाले’का दामोदर पौडेल बैरागीले अग्रता बनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
महाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
आइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
स्थानीय तहले सडक बत्तीको बक्यौता नतिरेको भन्दै प्राधिकरणले निकाल्यो सूचना
चैत १६, २०८० शुक्रबार
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु
चैत १६, २०८० शुक्रबार
एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय
चैत १६, २०८० शुक्रबार
नारायणी डेभलपमेन्ट बैंकले कहिले बोलायो एजीएम, के के छन् त एजेन्डा ?
चैत १६, २०८० शुक्रबार