१८ मंसिर २०७९, आईतवार
राजनीति

झापा १ मा कांग्रेस महामन्त्री शर्माको जित निश्चित

प्रकाशित मिति :  ७ मंसिर २०७९, बुधबार १४:५५


७ मंसिर, काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जित सुनिश्चित गरेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ झापा १ बाट उम्मेदवार बनेको उनले अन्तिम मतपरिणाम नआउँदै जित सुरक्षित गरेका हुन् ।

यहाँ अझै १० हजार नौ सय ४९ मत गन्न बाँकी छ । उनी प्रतिस्पर्धी एमालेका अग्नि खरेलभन्दा १३ हजार तीन सय ९४ मतले अगाडि छन् ।

शर्माले ३७ हजार तीन सय दुई मत पाएका छन् भने खरेलको मत २३ हजार नौ सय आठ मत छ । यस क्षेत्रबाट ८७ हजार तीन सय ९६ मत खसेको थियो ।

शर्मालाई सत्ता गठबन्धनमा आवद्ध दलहरूकाे समर्थन छ । खरेललाई राप्रपा, जसपाकाे समर्थन छ ।


0
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा