१८ मंसिर २०७९, आईतवार
आमनिर्वाचन-०७९
राजनीति

जसपाले प्रतिनिधिसभामा खोल्यो खाता, पर्सा १ मा प्रदीप यादव विजयी

लक्ष्मणलाल कर्णकाे संसद यात्रामा पूर्णबिराम

प्रकाशित मिति :  ७ मंसिर २०७९, बुधबार १७:०६


७ मंसिर, काठमाडौं । हाले सम्पन्न प्रदेशसभा निर्वाचनमा उपेन्द्र्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पहिलो पटक जितको खाता खोलेको छ । मत गणनाको तेस्रो दिनमा बल्ल उसले जित निकालेको हो । उसले पर्सा १ बाट जसपाका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन् ।

उनले २२ हजार ५ सय ३७ मत ल्याएर स्वतन्त्र उम्मेदवार अजय द्विवेदीलाई हराएका छन् । द्विवेदीले २० हजार ९ सय १७ मत ल्याएका छन् । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्र पाएका छन् । योसँगै कर्णको संसद यात्रा टुंगिएको छ ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा