२२ मंसिर २०७९, बिहीबार

मनकामना केवुलकार २५ औं वर्षमा प्रवेश, १ करोड ७० लाख यात्रुले लिए सेवा

प्रकाशित मिति :  ७ मंसिर २०७९, बुधबार १८:११


७ मंसिर, काठमाडाैं । नेपालकै पहिलो मनकामना केबलकारको संचालन २४ औं वर्ष पुरा गरी २५ औं वर्षमा सफलतापूर्वक प्रवेश गरेको छ । यस केबुलकारको स्थापनाकाल २०५५ साल मंसिर ८ गतेदेखि केबुलकारको नियमित संचालन गरी हालसम्म करीब १ करोड ७० लाख यात्रु तथा भक्तजनहरूलाई स्तरीय केबुलकार सेवा प्रदान गरी सकेको कम्पनीले जनाएको छ ।

केबुलकारको नियमित संचालन पश्चात् मनकामना क्षेत्र र यस आसपासका क्षेत्रहरु एक प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित भई यस क्षेत्रको व्यापार व्यवशायहरुमा उल्लेख्य वृद्धि भई समुन्नत विकास भई विश्व सामु समेत मनकामनाको प्रचार प्रसार भएको छ ।

साथै यस केबुलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण एवं स्मरण गर्दै उनको महान् सोच अनुरुप केबुलकारले आफ्नो व्यवशाय आम्दानीको केही हिस्सा सामाजिक कार्यमा खर्चिने सोचका साथमा अघि बढेको कम्पनीले जनाएको छ । व्यावशायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, धार्मिक, शिक्षा जस्ता आदि कार्यमा सहयोग पुयाउंदै आएको र स्व. लक्ष्मण बाबु श्रेष्ठकै मार्ग निर्देशन बमोजिम भविष्यमा पनि यस कम्पनी सदैव लागि रहने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसै अनुरुप बिगत लामो समय देखि केबुलकार अवस्थित चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउंपालिकामा प्रत्येकलाई कूल आम्दानीको १.१ प्रतिशत रकम व्यावशायिक सामाजिक उत्तरदायित्व अनुसार शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्धार लगायत विकास निर्माणका कार्य आदिमा खर्चिंदै आएका कम्पनीले दावी गरेको छ । साथै भूकम्प तथा कोभिड जस्ता प्राकृतिक तथा अन्य विपत्तका समयमा राहत वितरण तथा सहयोग गर्दै आएको समेत कम्पनीले बताएको छ ।

साथै मनकामना केबुलकार विद्यमान Analogue प्रविधिबाट Doppelmayr को D-Connect Digital प्रविधिमा स्तरोन्नति हुंदै गरेको छ । प्रथम चरणको कार्य सम्पन्न भई २५ औं वार्षिक उत्सवको अवसरमा पूर्ण रुपले Digital प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो Digitalकेबुलकार प्रणाली भएको छ ।

यसै वार्षिकोत्सवको उपलक्ष्यमा यसै समूहको भातृ कम्पनी रिसोर्टस् बाई मनकामना केवल कार (प्रा.) लि. (Resorts By Manakamana Cable Car (P.) Ltd.), ले मनकामनामा ४० कोठा युक्त सुविधा सम्पन्न होटल तथा रिसोर्टको निर्माण थालनी गरेको छ । । यसको लागत करिब ४८ करोड रुपैयाँ अनुमानित गरिएको छ ।


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा