१८ मंसिर २०७९, आईतवार
लुम्बिनी प्रदेश

बर्दिया २ को ‘क’ मा कांग्रेसका तिमिल्सिना विजयी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार ०८:३०


♦ दीपक शर्मा

८ मंसिर, बर्दिया । बर्दिया क्षेत्र न २ को प्रदेशसभा तर्फ ‘क’ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका जन्मजय तिमिल्सिनाले ५ हजार ६७ मतान्तरले बिजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्द्धि नागरिक उम्मुक्ति पार्टिका प्रदेशी चौधरीले १२ हजार १ सय ८४ मत ल्याउदा तिमिल्सिनाले १७ हजार २ सय ५१ मत ल्याउदै विजयी भएका हुन् यसैगरी नेकपा एमालेका लहनु चौधरीले १० हजार ६ सय ४३ मत ल्याउका छन, भने राप्रपाका कन्ह्ैनालाल थारुले ५ हजार ३ सय २४ मत ल्याएका छन । यसै गरी क्षेत्र न १ प्रदेश सभा ‘ख’ मा नेकपा एमालेका भक्तबहादुर विकले अग्रता लिइरहेका छन ।

उनले ५ हजार १ सय ३२ मत ल्याउनु भएको छ भने नेकपा माओवादी केन्द्रका अञ्जु दहितले ४ हजार ४ सय ९० मत ल्याउदै पछयाइरहेकी छिन । यस अघि क्षेत्र न १ को क मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी बिजयी भएका छन ।


533
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा