१८ मंसिर २०७९, आईतवार
लुम्बिनी प्रदेश

बाँके ३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर निर्वाचित

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार ०९:५१


८ मंसिर, बाँके। बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंर निर्वाचित भएका छन् । उनी ४ हजार ७ सय ९३ मतको अन्तरले निर्वाचित भएका हुन ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेता राठौरले २९ हजार ४० मत ल्याएका छन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २ सय ४७ मत प्राप्त गरे । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ७ हजार ४ सय ३९ मत प्राप्त गरेका छन् ।

यस्तै जनता समाजवादी पार्टी ‘जसपा’का नोयन्द्र धितालले ४ हजार २ सय ८७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख १३ हजार ३ सय २२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ७३ हजार ९ सय ८९ मत खसेको थियो, भने ५ हजार ७७ मत बदर भएको थियो । निर्वाचनमा ९ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा