१८ मंसिर २०७९, आईतवार
सुदूरपश्चिम प्रदेश

कैलाली १ मा प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठ जित नजिक

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार ०९:५३


८ मंसिर, कैलाली । प्रतिनिधिसभातर्फ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रञ्जिता श्रेष्ठको जित नजिक पुगेकी छिन् ।कैलाली १ मा उनले गणना हुन बाँकी मत भन्दा धेरै मतान्तरले अग्रता लिएपछि जीतनजिक पुगेकी हुन ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार श्रेष्ठले २६ हजार १५५ मत प्राप्त गरेकी छन भने निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ मत पाएका छन । उनीहरु बिचको मतान्तर १० हजार ४३७ रहेको छ ।

टीकापुर घटनामा दोषी ठहर भई हाल जेल जीवन बिताईरहेका पूर्व साँसद रेशमलाल चौधरीकी श्रीमती समेत रहेकी श्रेष्ठ सो पार्टीकी अध्यक्ष हुन भने चौधरी काँग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री हुन ।


156
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा