२२ मंसिर २०७९, बिहीबार

एसईई परीक्षाको आवेदन पुस १० गतेसम्म भर्न पाइने

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार ११:२५


८ मंसिर, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले आज (बिहीबार)देखि माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसईई) को आवेदन खुलाएको छ । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परीक्षाको आवेदन खुलाएको हो ।

मंसिर ८ गतेदेखि पुस १० गतेसम्म आवदेन भर्न पाइने कार्यालयले जानकारी दिएको छ । माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आवदेन दिन सक्ने कार्यालयले जानकारी दिएको छ । विद्यालयहरूले पुस १७ गतेभित्र विद्यार्थीले भरेका आवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइसक्नुपर्ने छ । माघ मसान्तसम्म शिक्षा विकास तथा समन्वय इकाईहरूले परीक्षा केन्द्र निर्धारण गरिसक्नुपर्ने उल्लेख छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार गत वर्ष ४ लाख ९५ हजार ७ सय ५१ जना यो परीक्षामा सहभागी भएका थिए ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा