१८ मंसिर २०७९, आईतवार
लुम्बिनी प्रदेश

दाङ क्षेत्र नं २ मा रेखा विजयी, एक सय ९६ मतान्तरले शङ्कर पोखरेल पराजित

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार ११:५०


८ मंसिर, दाङ । दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा ‘माओवादी केन्द्र’ का रेखा शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी भएकी छिन।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा ‘एमाले’का शङ्कर पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । उनीहरूबीचको मतान्तर एक सय ९६ रहेको छ ।

उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो । निर्वाचित शर्मा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन्, भने पोखरेल नेकपा ‘एमाले’का महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन।


195
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा