१८ मंसिर २०७९, आईतवार
राजनीति

सर्लाही १ मा लोसपाका रामप्रकाश चौधरी विजयी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १२:०८


८ मसिर, काठमाडौं । सर्लाही क्षेत्र नम्बर १ मा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी विजयी भएका छन् ।

उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार बढी मतले पराजित गरेका हुन् । चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याए ।

जनता समाजवादी पार्टीका प्रमोद साहले १४ हजार २५५ मत पाउँदा जनमत पार्टीका रामविश्वास रायले ४ हजार ९६ मत ल्याए ।


143
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा