१८ मंसिर २०७९, आईतवार
आम निर्वाचन-२०७९
प्रदेश १

मोरङ–६ मा एमालेका लालबाबुभन्दा कांग्रेसका कोइराला ६ हजार मतले अगाडी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १२:१२


८ मंसिर, विराटनगर । मोरङको क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइरालाले विपक्षीसँगको मतान्तर बढाउँदै लगेका छन् । मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेका बेला सुरुमा एक सय मतले अगाडी रहेका कोइरालाले अहिले बढाएर ६ हजारमागि पुर्याएका छन् ।

देशभरका अधिकांश स्थानमा मतगणना जारी रहे पनि केही स्थानको मतपरिणाम सार्वजनिक हुने क्रम चलिरहेको छ । राजनीतिक र व्यक्तिगत रुपमासमेत चासोका रुपमा हेरिएको मोरङ–६ को गणना जारी रहेका बेला कोइराला जित नजिक पुगेको बताइन्छ ।

मोरङ जिल्लाको क्षेत्र नम्बर ६ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले अहिले सम्म अग्रता बढाउँदै लगेका छन् । यो क्षेत्रमा बिहीबार बिहान १० बजे सम्ममा ५५ हजार ६सय ३४ मत गनिएको छ ।

जसमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता कोइरालाले २१ हजार ७ सय ४५ मत पाएका छन् । उनका विपक्षी उम्मेदवार नेकपा एमालेका नेता लालबाबु पण्डितले १५ हजार ६ सय ७६ मत पाएका छन् ।

प्रतिनिधिसभा सदस्यतर्फका दुबै उम्मेदवारबीच मतान्तर ६ हजार ६९ रहेको छ । हाससम्म सुन्दरहरैंचा नगरपालिका– २, ३, ४, ५, ६, ७ ÷ बुढिगंगा गाउँपालिका सबै वडाको मत गणना सकिएको छ । आजबाट बजार क्षेत्रको गणना सुरु भएको र अहिले विराटनगर महानगरको वडा नम्बर ४ को मतगणना भइरहेको छ ।

यो जामुनगाछी क्षेत्र हो । यस क्षेत्रमा स्थानीयले सडक निर्माणको विषयलाई लिएर राजनीतिक दलका नेतालाई प्रवेश गर्न निषेध गरेका थिए । बरगाछीदेखि केसलियासम्मको हुलाकी सडक बनाउन कसैले पनि ध्यान नदिएपछि नेता निषेध गरिएको थियो । स्थानीय अगुवाहले कोइरालाले जितेको खण्डमा सडक बनाउने प्रतिबद्धता जनाएपछि यो क्षेत्रका मतदाता उनको पक्षमा खुलेका थिए ।


4.94k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा