‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै
नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १८:२६:१२
८ मंसिर, काठमाडौं । केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी भाषामा स्वराङ्कन गरिएको बताएका थिए । सोही पथमा अर्को नेपाली चलचित्र ‘वीर विक्रम २’ पनि देखिएको छ । नेपाली भाषामा प्रदर्शन भइसकेको चलचित्र हिन्दीमा स्वराङ्कन गरिएको हो ।
मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको उक्त चलचित्र भारतको हलमा नभइ ओएसआर इन्टरनेसनल नामक युट्यब च्यानलमार्फत प्रदर्शन हुँदैछ । सञ्चालक ओम प्रकाश अग्रवालले डिजिटल माध्यमबाट दर्शक खोज्ने प्रयास थालिएको जानकारी दिए । “युट्युबमा रिलिज गरेर हिन्दी भाषी दर्शकलाई आकर्षित गर्न सकिन्छ भनेर सुरू गर्दैछौँ । यस चलचित्रलाई लिएर आइरहेको प्रतिक्रिया सकारात्मक छन्”, सञ्चालक अग्रवालले भने,“साउथ इन्डियन फिल्म पनि स्वराङ्कन गरेर युट्युबकै माध्यमले नर्थ इन्डियामा बजार विस्तार गरिएको हो । हामीले पनि बजार विस्तारकै लागि यो माध्यम अपनाएका हौँ ।”
उनले डिसेम्बर १ मा ‘वीरविक्रम २’ प्रदर्शन भएपश्चात् ‘सुश्री सम्पति’ पनि तयारमा रहेको बताए । एक हप्तादेखि पन्ध्र दिनभित्रमा दोस्रो चलचित्र दर्शकमाँझ पु¥याउने सञ्चालक अग्रवालको तयारी छ । “अन्य पाँच फिल्म स्वराङ्कनको लागि तयार छन् । यी दुई फिल्मको प्रतिक्रियाले हामीलाई अगाडि बढ्ने बाटो देखाउने छ”, उनले भने ।
आफ्नो चलचित्र हिन्दीमा आउँदा खुसी लागेको निर्देशक चाम्सले बताए । “हाम्रो काम हिन्दी भाषीकहाँ पनि पुग्दैछ । खुसी लागेको छ । हिन्दी स्वराङ्कन निकै राम्रो गरिएको छ”, उनले भने । विसं २०७६ मा रिलिज भएको यस फिल्मले बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथालाई प्रस्तुत गरेको छ । उक्त चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, क्षितिज सुवेदी खत्रीलगायतको अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
‘महाजात्रा’ को दोस्रो गीत ‘मुरी मुरी साथी’ सार्वजनिक 'भिडियो'
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार