१८ मंसिर २०७९, आईतवार
कर्णाली प्रदेश

जाजरकोटबाट प्रतिनिधिसभामा माओवादीका शक्ति बस्नेत विजयी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १२:२३


फाइल तस्विर

८ मंसिर, काठमाडौं । जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत विजयी भएका छन्। बस्नेतले ३४ हजार १ सय ५१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निरज प्रसाद आचार्यले २५ हजार १ सय २० मत प्राप्त गरे।

बस्नेतले जाजरकोटबाट २०७० र २०७४ सालको निर्वाचनमा पनि बिजयी भएका थिए। माओवादी संसदीय राजनीतिमा आएपछि बस्नेत २०६८ सालमा स्वास्थ्य मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन मन्त्री भइसकेका छन्।


234
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा