१८ मंसिर २०७९, आईतवार
लुम्बिनी प्रदेश

गृह जिल्लामा प्रदेश राजधानी सार्ने पोखरेलकाे संसद प्रवेश बाटाे बन्द

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १२:२९


८ मंसिर, बुटवल । आफ्नो गृह जिल्लामा प्रदेश राजधानी लैजान विशेषा भूमिका खेल्ने नेकपा (एमाले) महासचिव शंकर पोखरेल दाङ(२ बाट संसघीय सांसद बन्नबाट रोकिएका छन् । उनलाई माओवादी केन्द्रकी रेखा शर्माले शर्माले पोख्रेललाई १९६ मतान्तरले पराजित गरेकी हुन् । योसँगै संघीय संसद (प्रतिनिधिसभा) प्रवेशको बाटो बन्द हुन पुगेको छ ।

अन्तिम परिणामअनुसार शर्माले २६ हजार आठ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन् ।रूपन्देहीकाे बुटवलमा अस्थायी राजधानी रहेको लुम्बिनी प्रदेश राजधानी दाङ लैजान मुख्यमन्त्री भएका बेला पोखरेलले विशेष भूमिका खेलेका थिए ।

जनसंख्या, पुर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षालगायत हरेक हिसाबले बुटवल स्थायी राजधानीका लागि उपयुक्त हुँदाहुँदै पनि तत्कालीन नेकपामा विवाद चुलिँदा अध्यक्षहरू केपी ओली र प्रचण्डलाई मनाएर पोखरेलकै जोडबलमा बुटवलबाट स्थायी राजधानी दाङ सार्ने निर्णय प्रदेशसभाले गरेको थियो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेका ७ अस्थायी राजधानीमध्ये ६ वटा यथास्थानमा कायम भएका थिए । तर, लुम्बिनीको मात्रै सार्ने निर्णय भएको थियो ।

तर, बुटवललाई प्रदेश राजधानी कायम गर्नुपर्छ भनेर जोड गर्दागर्दै पनि असफल भएका एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही(२ मा अग्रता हासिल गरेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार पौडेलले १५ हजार पाँच सय ६६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १४ हजार सात सय ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै पाँचदलीय गठबन्धनको समर्थमा उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले १२ हजार तीन सय ३४ मत ल्याएका छन् ।

‘मसँगको प्रतिस्पर्धामा विजयी हुनु भएकोमा रेखा शर्मालाई बधाई । गठबन्धनसंगको एक्लो प्रतिस्पर्धामा मतदाता र शुभेच्छुकहरुले देखाउनु भएको सद्भाका लागि सदैव आभारी रहनेछु’ उनले सन्देशमा लेखेका छन् ।

 

 


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा