१८ मंसिर २०७९, आईतवार
आम निर्वाचन-२०७९
मधेश प्रदेश

गुप्तालाई ७ हजारले हराउँदै रौतहट-१ बाट नेपाल निर्वाचित

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १२:५४


८ मंसिर, काठमाडौं ।  मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रौतहट-१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् ।

उनले नेकपा एमालेका अजय गुप्तालाई ७ हजार मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । नेपालले ३३ हजार ५२२ मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन् ।

उनी निर्वाचन प्रचारका क्रममा स्पष्टीकरणमा परेका थिए । मत माग्ने क्रममा उनले फ्रि भिसा र फ्रि टिकटमा विदेश जान पाइने र यसका लागि आफुले प्रयास गर्ने बताएका थिए । निर्वाचन आयोगले नेपाललाई स्पष्टीकरण माग्दै कारवाहीका लागि प्रहरीलाई निर्देशन समेत दिएको थियो ।


390
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा