नुवाकोट २ काे (क)मा माओवादी केन्द्रका ढुंगना विजयी

नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार १८:५५:३७

८ मंसिर, विदुर । नुवाकोट क्षेत्र नं. २ काे (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामप्रसाद ढुङ्गाना विजयी भएका छन् ।
बिहीबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले १२ हजार एक सय १० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
उहाँका अनुसार ढुङ्गानाका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार केशवराज पाण्डेले ११ हजार छ सय ६२ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर चार सय ४८ रहेको छ ।
उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका नेपाली कांग्रेसका उम्मेदवार गीता अमात्यलाई चार हजार ६२ मत र नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रकाश लोहनीलाई दुई सय ८५ मत प्राप्त भएको छ ।
चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार दिपेश लामाको दुई हजार आठ सय ८४ मत, स्वतन्त्र उम्मेदवार देवेन्द्र न्यौपानेको पाँच सय १७ र शम्भुप्रसाद पनेरुको एक सय १२ मत आएको छ ।
चुनावी प्रतिस्पर्धामा तीन स्वतन्त्रसहित १३ उम्मेदवार प्रतिस्पर्धामा भए पनि बाँकी उम्मेदवारले प्राप्त गरेको मत एक सयभन्दा कम छ । यस निर्वाचन क्षेत्रमा बेलकोटगढी नगरपालिकासहित विदुरको वडा नं १, २, ३, ४, ५, ६, १० र ११ पर्दछन् । यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा ३३ हजार सात सय ७५ मत खसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३३ प्रतिशत महिला उम्मेदवार हुनैपर्ने बाध्यकारी कानुन आउँदै
माघ १८, २०७९ बुधबार
सात वटै प्रदेश प्रमुखसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन प्रस्तुत
पुष ३, २०७९ आइतबार
संसदमा दलित समुदायको प्रतिनिधित्व निरन्तर खुम्चिँदै
पुष १, २०७९ शुक्रबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
असोज १७, २०८० बुधबार
दर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह
असोज १७, २०८० बुधबार
तस्करीको अखडा बन्दै सिरहा, एक हप्तामा दुई करोडको कपडा बरामद
असोज १७, २०८० बुधबार