१८ मंसिर २०७९, आईतवार

लेफ्टिनेन्ट जनरल मुनीर पाकिस्तानको नयाँ सेना प्रमुख नियुक्त

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १४:३४


८ मंसिर, इस्लामाबाद । लेफ्टिनेन्ट जनरल असिम मुनीर बिहीबार पाकिस्तानको नयाँ सेना प्रमुख (सीओएएस) को रूपमा नियुक्त भएका छन् । गत हप्तादेखिको विभिन्न अनुमानका बीच आज उनको नियुक्ति भएको हो ।

‘पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शाहबाज शरीफले संवैधानिक अधिकार प्रयोग गर्दै लेफ्टिनेन्ट जनरल साहिर शमशाद मिर्जालाई संयुक्त चिफ अफ स्टाफको अध्यक्ष र लेफ्टिनेन्ट जनरल सैयद असिम मुनीरलाई सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेका छन्’ पाकिस्तानी सूचना मन्त्री मरियम औरंगजेबले ट्वीट गरेकी छन् । सो निर्णयको बोधार्थ पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीलाई पठाइएको छ ।


104
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा