१४ मंसिर २०७९, बुधबार
बाग्मती प्रदेश

प्रतिनिधिसभामा सिन्धुली १ बाट कांग्रेसका घिमिरे विजयी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १४:५८


८ मंसिर, सिन्धुली । प्रतिनिधिसभा सदस्यमा सिन्धुली निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका श्यामकुमार घिमिरे विजयी भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का प्रदीपकुमार कटुवाललाई चार हजार आठ सय ४५ मतान्तरले हराउँदै उन विजयी भएका हुन् ।

निर्वाचित घिमिरेले ३० हजार तीन सय ९१ मत प्राप्त गर्दा एमालेका कटुवालले २५ हजार पाँच सय ४६ मतमात्र पाउनुभएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

२०७४ मा भएको निर्वाचनमा सिन्धुली क्षेत्र १ को (२) मा प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा हुँदा घिमिरेलाई कटुवालले पराजित गरेका थिए ।

घिमिरेलाई सत्ता गठबन्धनमा आवद्ध दलहरुको समर्थन थियो ।


247
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा