२२ मंसिर २०७९, बिहीबार
राजनीति

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभामा विद्या भट्टराई निर्वाचित

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १५:०२


८ मंसिर, पोखरा । नेकपा एमालेका विद्या भट्टराई दोस्रोपटक कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन । भट्टराईका श्रीमान् तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि पार्टीले उनलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । उनी उपनिर्वाचनमा पनि विजयी भएकी थिइन ।

त्रिभुवन विश्वविद्यालयको उप–प्राध्यापकबाट राजीनामा दिएर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ चुनावमा होमिएकी भट्टराईं सो उपनिर्वाचनमा पनि विजयी भइन ।

आसन्न निर्वाचनमा पनि उनका अगाडि चुनौती नभएको होइन । एकातर्फ सत्ता गठबन्धनका विपक्षमा लड्नुपर्ने र अर्कातर्फ स्वतन्त्र उम्मेदवारको बढ्दो मतको चुनौती उनका अगाडि थियो । तर पनि आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलको भन्दा चार हजार पाँच सय बढी मतान्तरले उनी विजयी भइन ।

शान्त स्वभावले विपक्षीहरुको पनि मन जित्न सकेको उनका नजिकका राजनीतिकर्मीहरु बताउँछन् । किशोरावस्थाबाटै आफूलाई परिवर्तनको पक्षमा उभ्याउन सफल उनले स्वर्गीय रवीन्द्र अधिकारीका अधुरा सपना पूरा गर्ने अठोटमा छिन ।

अनेरास्ववियुको केन्द्रीय कमिटी सचिवको जिम्मेवारी पूरा गर्नुका साथै महिला, बुद्धिजीवी हुँदै पार्टीको केन्द्रीय विभागमा रहेर काम गरेका उनी हाल नेकपा एमालेको केन्द्रीय सदस्य छन ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा