१८ मंसिर २०७९, आईतवार

मंसिर ११ गतेदेखि वाङ्मय शताब्दी पुरुष समर्पित कला प्रदर्शनी हुँदै

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १५:२६


फाइल तस्विर

८ मंसिर, काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा परिषद्ले मंसिर ११ देखि २५ सम्म प्रदर्शनी गर्ने भएको हो ।

कलाकृतिहरुको प्रदर्शनीले हिन्दु र बौद्ध धर्मको उत्पत्ति, आधारभूत सिद्धान्तहरु, नेपालको मौलिक धर्म र दर्शनहरु जगाउने उद्देश्यसहित कलाकृतिहरुमा प्रतिनिधित्व गरिएका देवताहरुको संग्रहित खण्डहरुमा प्रस्तुत गरिने भएको छ ।

परिषद्का अध्यक्ष सागर शमशेर राणाले नेपालको कला, कलाकारलाई उत्थान गर्ने तथा हस्तकला र कलाकृतिको मागलाई पूरा गर्न सकोस् भन्ने उद्देश्यले प्रर्दशनी गर्न लागिएको बताए ।

स्वतःस्फूर्तरुपमा सङ्कलन गरिएका एक सय ६० कलाकारका दुई सय ४६ कला प्रदर्शनीमा राखिनेछ । नवोद्धित कलाकारदेखि वरिष्ठ कलाकारबाट सङ्कलन गरिएका ग्रह देवताहरु, योगिनी, भैरव तथा बौद्ध देवताको कलाकृति समेत विशेषरुपमा रहने परिषदद्धारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।


182
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा