२२ मंसिर २०७९, बिहीबार
राजनीति

धादिङ २ मा कांग्रेसका रामनाथ र सिरहा २ एमालेका रामशंकर विजयी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १६:११


धादिङ २ बाट विजयी रामनाथ अधिकारी ।

८ मंसिर, काठमाडौं । धादिङ २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् भने सिरहा १ मा एमालेका उम्मेदवार रामशंकर यादव विजयी भएका छन् ।

बिहीबार सम्पन्न मत गणनामा धादिङ २ मा अधिकारीले ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५० मत प्राप्त गरे ।

दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।

सिरहा १ मा एमालेका राम शंकर यादव विजयी

उता सिरहा १ मा भने नेकपा (एमाले)का रामशंकर यादव निर्वाचित भएका छन् । यादवले कांग्रेसका उम्‍मेदवार पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले पराजित गरेका छन् । उनले२९ हजार ४६२ मत ल्याउँदा चौधरीले २७ हजार ३७९ मत पाएका छन् ।

यस्तै जनमत पार्टीका उम्‍मेदवार युगल किशोर साहले ६ हजार ८४९ मत, स्वतन्त्र उम्मेदवार सरिता गिरीले ५ हजार २ मत ल्याइन् ।


208
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा