साथीसँग उचाइको सगरमाथा बेसक्याम्प घुम्ने अफर

नेपालबहस संवाददाता
मंसिर ८, २०७९ बिहिबार २२:१५:३५

८ मंसिर, काठमाडौं । शुक्रबारबाट तेस्रो सातामा प्रवेश गर्न लागेको बलिउड फिल्म ‘उचाइ’ले नेपालमा पनि सुखद व्यापार गरिरहेको छ । दोस्रो सातासम्म आइपुग्दा पनि फिल्मलाई लिएर दर्शकको उत्साह बलियो छ ।
यो फिल्म हेरेका अधिकांश नेपाली दर्शकले यसको कथावस्तु र नेपालको सुन्दर दृश्यलाई मन पराएका छन् । यो फिल्मलाई नेपाल भित्राएको वितरक कम्पनीले यो साता फिल्म हेर्दा सगरमाथाको आधार शिविरसम्म आफ्नो साथीसँग घुम्न जाने अफर दिने भएको छ ।
यस्तै, फिल्म हेर्दा कलाकारहरू अमिताभ बच्चन, बोमन हिरानी र अनुपम खेरलाई भेट्न पाउने अवसरसमेत वितरक कम्पनीले दिने भएको छ । यो फिल्म हेरेको टिकट र हेरिएको हलको नाम समेत वितरक कम्पनीलाई मेल गर्नुपर्नेछ । यो साता फिल्म हेर्ने दर्शकमध्ये एकजनाले यो अवसर पाउनेछन् ।
सुरज बड्जात्याको निर्देशनमा तयार भएको फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणीति चोपडा, डेनीलगायतका कलाकारको अभिनय छ । आफ्नो साथीको सपना पूरा गर्न सगरमाथाको आधार शिविरसम्म यात्रा गर्ने तीन पाका पुरुषहरूको कथामा यो फिल्म बनेको छ ।
दोस्रो हाफमा नेपाललाई उत्कृष्ट तरिकाले प्रस्तुत गरेको फिल्मले सगरमाथालाई भगवान्को रूपमा चित्रित गरेको छ । यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा उच्च भूमिका खेलेको भन्दै पर्यटन बोर्डले यसको टिमलाई सम्मान गर्ने तयारीसमेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशाहरुख खान, जो हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्
असोज १६, २०८० मंगलबार
बलिउड अभिनेता रणदीप फेरि चर्चामा, अक्षयले डिप्रेसनमा पुर्याएको आरोप
असोज १३, २०८० शनिबार
हजार करोड बढी कमाएको जवानले भारतमा गत साता कति कमायो ?
असोज १३, २०८० शनिबार
मिर्मिरे लघुवित्तले असोज २५ गतेदेखि एफपीओ निष्काशन गर्ने
असोज १७, २०८० बुधबार
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
असोज १७, २०८० बुधबार
दर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लैजान क्यानडासँग भारतको आग्रह
असोज १७, २०८० बुधबार