२२ मंसिर २०७९, बिहीबार
राजनीति

चितवन १ मा एमालेका सुरेन्द्र पाण्डेलाई हराउँदै स्वतन्त्र पार्टीका हरि ढकालले मारे बाजी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १६:३९


८ मंसिर, काठमाडौं । चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी भएका छन् ।

यो क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा तर्फको गतगणना अनुसार ३४ हजार १८९ मत ल्याउँदै ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उपाध्यक्षसमेत रहेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याए । अर्थविद् समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले २४ हजार ९९० मत पाएका छन् ।


208
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा