१८ मंसिर २०७९, आईतवार

पोर्चुगल घानालाई हराएर विश्वकपमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १६:४५


८ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले आज बिहीबार अफ्रिकी राष्ट्र घानासँग खेल्दै कतार विश्वकपको सुरुआत गर्दैछ ।

समूह ‘एच’ मा रहेको पोर्चुगलले स्टेडियम ९७४ मा घानाको सामना गर्नेछ । पोर्चुगल र घानाबीचको खेल राति ९ : ४५ बजे सुरु हुनेछ । पोर्चुगलका कीर्तिमानी खेलाडी रोनाल्डोको यो अन्तिम विश्वकप हो । त्यसैले पोर्चुगल यस विश्वकपलाई यादगार बनाउन चाहन्छ ।

घानाविरुद्ध मैदान उत्रदा पोर्चुगल सहज जितको खोजीमा हुनेछ । तर, घाना पनि पोर्चुगललाई हराउँदै विश्वकपमा सानदार सुरुआत गर्न चाहन्छ । दुबै टोली पहिलो खेलमा ३ अंकको लागि प्रतिस्पर्धा गर्ने छन् । स्टार र चर्चित खेलाडीले भरिएको पोर्चुगल घानालाई हराएर विश्वकपमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा छ ।

टोलीसँग भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेस, बर्नाडो सिल्भा, राफायल लियो, रुवेन नेभेस, विलियम कार्भाल्हो, नुनो मेन्डेस, रुवेन डियास, जोओ क्यान्सेलो र गोलरक्षक डिएगो कोस्टा रहेका छन् । यसबाहेक टोलीसँग आन्द्रे सिल्भा, जोआओ फेलिक्स, भिटिन्हा, जोओ मारियो, डिएगो डालोट, राफयल गुरेइरो, पेपे र रुई प्याट्रिसियो पनि रहेका छन् ।

यता, यस विश्वकपमा दुई अप्रत्यासित नतिजा निस्किसक्दा घाना पनि पोर्चुगललाई स्तब्ध पार्ने लक्ष्यमा हुनेछ । टोलीसँग इनाकी विलियम्स, मोहम्मद कुडुस, जोर्डन एयु, तरिक लाम्टे र थोमस पार्टेलगायतको नाम चलेका खेलाडीको साथ छ ।

पोर्चुगलको पछिल्ला खेलमा राम्रो नतिजा निकाल्न सकेको छैन । पछिल्लो चार खेलमा पोर्चुगलले २ जित र २ हारको नतिजा निकालेको छ । यस्तोमा पोर्चुगल घानालाई हराएर जितको लयमा फर्कन चहान्छ ।

यि दुई टोलीले पछिल्लोपटक २०१४ को विश्वकपमा समूह चरणमै प्रतिस्पर्धा गर्दा पोर्चुगल २–१ ले विजयी भएको थियो । पोर्चुगल सोही जितलाई निरन्तरता दिने लक्ष्यमा रहँदा घाना उक्त हारको बदला लिने योजनामा हुनेछ ।


325
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा