१४ मंसिर २०७९, बुधबार
राजनीति

काभ्रेपलाञ्चोक १ (क)मा माओवादी केन्द्रका ढकल विजयी

प्रकाशित मिति :  ८ मंसिर २०७९, बिहीबार १८:३८


८ मंसिर, काठमाडाैं । प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का रत्न ढकाल विजयी भएका छन् ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणनामा नौ हजार चार सय ४२ को भारी मतान्तरसहित ढकाल विजयी भएका हुन् ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका ढकालले २० हजार सात सय २० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार दिलबहादुर तामाङ ‘दिलीप’ले ११ हजार दुई सय ७८ मत प्राप्त गरेका छन् । २०७४ सालको निर्वाचनमा ढकाल सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।

ढकाल विद्यार्थी राजनीतिबाट आएका नेता हुन् ।


91
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा