मोरङ ४ को प्रदेश (क) मा गुरुराज घिमिरेलाई हराइयो कि हारे ?
केदार भट्टराई (काका)
मंसिर ९, २०७९ शुक्रबार २१:५४:३१
९ मंसिर, काठमाडौं । आम निर्वाचन २०७९ को मतगणनाको मध्यतिर आइपुग्दा यतिबेला नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले चुनाव हारेको विषयले निकै चर्चा पाएको छ । कतिपयले गुरुलाई जानी जानी हराइएको भनिरहेका छन् भने कतिले गुरु आफ्नै कारणले चुनाव हार्न पुगेको भनिरहेका छन् । तर, स्थलगत विषयले भने अर्को कुरा भनिरहेको छ ।
मंसिर ६ गते विहान ७ बजेदेखि विराटनगरको क्षेत्र नम्बर ४ मा पर्ने आदर्श माविमा सत्ता गठबन्धन र विपक्षी दलका कार्यकर्ताहरुको भीड थियो । ५ गते अबेरदेखि क्षेत्र नम्बर ४, ५ र ६ को प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरु भएको थियो । जसको नतिजा बुझ्न पनि कार्यकर्ताहरु आदर्श माविमा जम्मा भएका थिए ।
तीन वटा निर्वाचन क्षेत्रको मतगणना स्थल भएर पनि सुरक्षा व्यवस्था कडा बनाइएको थियो । सडक पेटीमै रातभरी कम्युनिष्ट कार्यकर्ताहरु सुतेका थिए । कांग्रेस कार्यकर्ताको उपस्थिति विस्तारै बाक्लिदै गयो । ६ गते विहान निर्वाचनको नतिजा सुनाउँदै गर्दा करिब २ सय मतले डा. शेखर कोइराला अगाडी थिए । क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा अमनलाल मोदीको अग्रता राम्रै थियो । प्रदेश (क) मा गुरुराज घिमिरेको करिब ६ सयको अग्रता थियो ।
बाहिर एमाले कार्यकर्ताहरु छाताले धोका नदिए क्षेत्र नम्बर ६ मा फेरी पनि लालबाबु पण्डितले नै जित्त आँकलन गर्दै थिए । उनीहरुको अनुमानमा २ हजार देखि २५ सयको हाराहारीमा छाताको मत थियो । जसपा एमालेसँग मिलेका कारण उनीहरुले शेखर कोइरालालाई हराउन सकिने मत उताबाट आउने आंकलन गरे, भित्रको माहोल र शेखर कोइराला बढी खटेको क्षेत्रको मत गन्दा २ सयले मात्रै लिड गर्दा कांग्रेस कार्यकताहरु पनि अलमलमै थिए ।
यहीबीचमा प्रतिनिधिसभाका सत्ता गठबन्धनका उम्मेदवार अमनलाल मोदी आएर सबैलाई भोलिपल्ट नारा जुलुसका लागि तयारी रहन कार्यकर्तालाई निर्देशन गरे । उनको जित पक्का जस्तै थियो । क्षेत्र नम्बर पाँचमा भने स्वतन्त्र उम्मेदवार नै १७ सय मतले अगाडी थिए ।यतिकैमा हामी शेखर कोइरालालाई भेटन निवास लाग्यौं । कोइरालामा खुब छटपटाहट थियो । कहीले मेचमा आएर बस्ने, कहिले भित्र र बाहिर मात्रै गरिरहने । मान्छे आउँदा इरीटेड भए जस्तो लाग्यो । बजार छिरेपछि राम्रो अग्रता हुने आश्वासन दिएर हामी पनि आदर्श मावि तिरै लाग्यौं ।
विहान ११ बजे फेरी मतपरिणाम आयो । एमालेका उम्मेदवारको २२ सय २० र कांग्रेसका उम्मेदवार २७ सय ८० मत पाएको विवरण आयो । कोइरालाले करिब ५५० ले अग्रता लिइरहेका बेला गुरुको अग्रता कोइरालाको भन्दा राम्रो छ । बाहिर वातावरण बुझिरहेका बेला क्षेत्र नम्बर ६ प्रदेश (ख) उम्मेदवार आए केदार कार्की । अरु धरै कांग्रेस कार्यकर्ताहरु पनि जम्मा भए । अनि खोल्न थाले एकले अर्काको पोल । कांग्रेसको क्रियाशील सदस्यता लिएर पनि एमालेमा भोट हाल्ने एउटा जमात रहेछ । कांग्रेसका अहिलेका उम्मेदवारप्रति अतिनै वितृष्णा भएका । उनीहरुको जमात अलग्गै बस्यो ।
हामी भएपट्टी भएको जमातमा कार्यकर्ताहरु मिसिदै गए । सबैले सबै क्षेत्रको रिपोटिङ गर्दा कोइरालाको पहिले विग्रिएको क्षेत्रमा राम्रो भएको र गठबन्धनको मत पनि बढीनै खसेकाले डा. कोइरालाले जित्ने लगभग सबैले पक्का नै गरे । त्यही समूहमा गुरुराज घिमिरेको नाम पनि आयो । चौधरी एरिया भएकाले उनलाई जित्न सहज ठाउँ रहेपनि केही कुरा व्यवस्थापन नमिलेका कारण हार्नसक्ने सम्भावना धेरैको आयो ।उनीहरुको भनाइमा गुरुलाई हराइएको नभएर आफैले हारको कारण बनाएको कुरा बुझियो ।
पहिलो कारण गुरु उम्मेदवार भएको क्षेत्रमा दुई जना नेपाली कांग्रेसकै कार्यकता उम्मेदवार भएर चुनाव लडेका रहेछन् । एउटाले लौरो चिह्न र अर्कोले लालटिन चिह्न लिएर चुनावमा भाग लिएका रहेछन् । यी दुबै कांग्रेसका क्रियाशील कार्यकर्ता । यी दुई आफ्नै पुराना कार्यकर्तालाई गुरुले मिलाउन चासो देखाएनन् । गुरुले पहल गरेको भए दुवैले उम्मेदवारी फिर्ता लिने थिए । गुरुबाट नभए अमृत र शेखर कोइरालाले यो कुरा मिलाउन सक्ने रहेछन् । तर, यो विषयमा गुरुले कसैसँग कुरा नै नगरेको भनाइ आयो ।
दोस्रो गुरुले क्षेत्र नम्बर ४ का कांग्रेसका कुनै पनि नेताहरुसँग सहयोग मागेनन् । महेश आचार्यलाई पनि चुनावमा सहयोगका लागि नगएको भन्ने कुरा त्यहीँ भयो । गुरुले नखोजेपछि महेश आचार्यले पनि गुरुलाई सोधखोज गरेनन् । एउटै पार्टीभित्र रहेर पनि अमृत अर्यालसँग गुरुले भेट नगरेर गल्ती भएको कुरा पनि केही कार्यकर्ताले उठाए । उनीहरुको भनाइमा अर्यालको पनि गुरु चुनाव लडेको क्षेत्रसँग राम्रो सम्बन्ध छ ।
तेस्रो चुनावमा सँगै हिँड्दा पनि घिमिरेले सत्ता गठबन्धनका अन्य उम्मेदवार र माओवादीका स्थानीय नेताहसँग पनि राम्रो सम्बन्ध बनाएर परिचालन गर्न नसकेको भन्ने सुनियो । परिचालन गर्न गुरुलाई आर्थिक समस्या भएको विषय पनि कुरैकुरामा उठ्यो । आफ्नो क्षेत्र भएका सत्ता गठबन्धनका स्थानीय नेताहरुलाई मात्र मिलाएर लान सकेको भए पनि गुरुले सहजरुपमा चुनाव जित्ने अवस्था बन्ने रहेछ भन्ने हामीले बुझ्यौ ।
चौथौ कारण उनले प्रदेश सभापति लड्दा खेलिएका खेलका प्वाललाई टाल्ने कुनै रणनीति लिएनन् । यहाँसम्म कि शेखर कोइराला समेतलाई गुरुको चुनावी माहोलका विषयमा जानकारी नभएको गुनासो आयो । कांग्रेस नेताहरुको स्वभाव बुझेर पनि यो विषयमा गुरुले अरुलाई भन्न नसकेका हुनसक्छन् । अथवा उनीहरु बुझेरनै आफुलाई सहयोग गर्न आउने विश्वास गुरुमा थियो । तर, नत गुरुले मलाई जिताउनपर्छ भनेर कसैलाई भने, न कुनै नेताले बुझेर नै सहयोग गरे । आदर्श माविमा तीन घण्टा यिनै कुरा सुनेर हामी फेरी कोइराला निवास पुग्यौं ।
त्यहाँ भएका कुरा सबै कोइरालालाई सुनाएर काठमाडौं आइपुग्दा नपुग्दै मोरङको निर्वाचन क्षेत्र नम्बर–४ (क) मा एमाले उमेदवार जयप्रकाश चौधरी विजयी भएको खबर आयो । समाजिक सञ्जालमा देखियो, परिणाम घोषणा हुनासाथ कांग्रेसका उम्मेदवार घिमिरे गणनास्थल पुगे ।चौधरीसँग ४०४ मतान्तरले पराजित भएका घिमिरे मतगणनास्थल विराटनगरको आदर्श विद्यालय पुगेर माला लगाउँदै कार्यकाल सफल रहोस भनेर फर्किए ।
उनले चुनावका अनुभव सर्वाजनिक पनि गरिसकेका रहेछन् । काठमाडौं आएपछि फेरी सुनिए गुरु । पार्टी संगठन बनाउन नसक्ने, संगठन विस्तार गर्न नेताहरुलाई सघाएन, समाजिक सञ्जाल र टेलिभिजनमा नेतालाई नग्याउने काम गर्यो, अनी कसरी जित्छ चुनाव भन्ने जस्ता विषयलाई गुरुको चुनाव हार्नुका कारण मानिएको रहेछ । धेरैपटक चुनावहरू आए गए, तर जनताको जीवन फेरिएन । आश्वासनको पहाड खडा भयो तर जनताको बाँच्ने आधार खडा भएन । नयाँ पुस्ताले भरोसा पाएन, तर पनि नेताहरूले जनताको मत पाए । नेता र जनताको भावनात्मक सम्बन्ध कायम हुँदै भएन भन्ने गुरुका तर्क पनि कतिपयलाई नपचेको पाइयो ।
अत्यमा गुरु घिमिरेको चुनाव हारजितको विषय संग प्रदेश सरकार पनि जोडिएको रहेछ । सत्ता गठबन्धन दलका उम्मेदवारले जित्ने पक्का जस्तै भएपछि भोली गएर प्रदेश नम्बर १ को मुख्यमन्त्री को बन्ने विषय पनि आदर्श माविमा उठे । गुरुले चुनाव जित्दा भोली मुख्यमन्त्री दावी गर्न सक्ने सम्भावना थियो । जितेपछि कचिङगल बढाउनभन्दा अहिले नै हराउन सके भोली आफ्नो लागि बाटो खुल्ला हुने अनुमान पनि केही को रहछ । गुरुले चुनाव जितेको भए कांग्रेसभित्रै पनि तीन जनाबीच प्रत्यक्ष वार पर्ने सम्भावना रहेछ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार