मंगलम इण्डष्ट्रिजले बुझायो सर्वाधिक आयकर
नेपालबहस संवाददाता
मंसिर ९, २०७९ शनिबार ३:१३:३४
९ मंसिर, काठमाडौं । मंगलम इण्डष्ट्रिज प्रा. लि. औद्योगिक उत्पादन क्षेत्रबाट धेरै कर बुझाएर आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वर, नेपाल सरकारद्वारा सम्मानित भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्य क्षेत्र अन्तर्गत सर्वाधिक आयकर दाखिला गर्न उक्त उद्योग सफल भएको हो।
राष्ट्रिय कर दिवस २०७९ को अवसरमा आयोजित विशेष समारोहका बीच कम्पनीलाई प्रदान गरिएको सम्मान पत्र मंगलम इण्डष्ट्रिज प्रा। लि। का लागि कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवाल र निर्देशक, सशी चुरिवालले ग्रहण गरेका थिए। कम्पनीका अध्यक्ष, सुदर्शन चुरिवालले सोही उपलक्ष्यमा बोल्दै देशमै उत्पादन गरी देशको अर्थतन्त्रमा योगदान पुर्याएर सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताए।
उनले भने, ‘देशको हितमा यस्तो शुभ कार्यलाई निरन्तरता दिन हामीलाई थप प्रोत्साहन मिलेको छ। साथै, यस यात्राको क्रममा हामीसँग हातमा हात मिलाई ,काँधमा काँध मिलाई अघि बढ्न साथ दिनुहुने सम्पूर्णमा हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छौँ।’
मंगलमले घर तथा उद्योग निर्माणको क्रममा आवश्यक पर्ने पाइप तथा फिटिङसम्बन्धी सम्पूर्ण सामग्रीहरु उत्पादन गर्दै आएको छ। यो खानेपानी आपूर्ति, प्लम्बिङ, स्यानिटेसन र ड्रेनेज पाइपहरूको नेपालको अग्रणी निर्माता हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
चोभार सुक्खा बन्दरगाह, सडक असुविधाले सामान गन्तव्यमा पुर्याउनै झन्झट
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार