१० मंसिर, विराटनगर । मंसिर ४ मा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन परिणाम आउनेक्रम जारी छ । मोरङ ४, ५ र ६ को नतिजा आइसकेको छ भने चर्चाको विषय बनेको मोरङ क्षेत्र नम्बर ३ को पनि अन्तिम परिणाम आएको छ ।
प्राप्त पछिल्लो परिणाम अनुसार नेकपा एमालेका नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाललाई दोब्बर मतले हराउँदै नेपाली कांग्रेसका उम्मेदवार शुनिल शर्मा मोरङ ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वातिच भएका छन् ।
शर्मा ४८ हजार ६३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्र पाए । राप्रपाकी रेखा थापाले १० हजार ९९८ मत पाइन् । ०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए ।